सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सागर ढकालसहितका युवाहरुले बुझाए ज्ञापन पत्र

सेयर गरौं

सुदूरपश्चिममा भुकम्पीय जोखिमलाई ध्यानमा राखेर सुरक्षाको माग गर्दै सागर ढकालसहितका युवाले मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार धनगढीस्थित मुख्यमन्त्री शाहको निवासमै पुगेर डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ढकालले पश्चिम नेपालमा भुकम्प जाने जोखिम भएका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्व तयारी थाल्न प्रदेश सरकारलाई आग्रह गरेका हुन् ।

सुदूरपश्चिमको संस्कार र संस्कृति जोगाउन भूमिका खेल्न, राजनीतिक पहुँच र शक्तिलाई निस्तेज गर्दै विज्ञानलाई आधार मानेर योजना छनोट गर्नुपर्ने, स्कुलहरुमा टाई सर्ट लगाउन भन्दा प्रदेशका रैथाने शैलीका पोशाक लगाउन र अनुसन्धान बजेट पालिकामा बढाउन माग गरिएको छ ।

ढकालसहितका युवाले उठाएका मागमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन गरेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसहितका नेताहरुले पनि ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् भने उनीहरु पनि ढकालसँगै मुख्यमन्त्रीको निवासमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357