डडेल्धुरामा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

सेयर गरौं

डडेल्धुरामा जंगली बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका – ३ का ५२ बर्षिय गणेश पल्लेको बँदेलको आक्रमणबाट मृत्यु भएको हो


 आईतवार बिहान बँदेलको आक्रमणबाट घाईते पल्लेको  डडेल्धुरा अस्पतालमा पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक मनोहरप्रशाद भट्टले बताउनुभयो ।

पल्ले लाई बँदेलले खेतमा काम गर्दा आक्रमण गरेको स्थानीयले बताएका छन। 
 प्रहरीले घटनाको बारे बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1242