१७ कार्तिक २०८१, शनिबार
बझाङको मष्टा घरभई भारतमा अध्ययनरत एक जना विद्यार्थी मृत फेला
बझाङ, २१ फागुन । बझाङ घरभई भारतमा अध्ययनरत एक जना विद्यार्थी मृत भेटिएका छन् । बझाङको मष्टा गाउँपालिका वडा नं ४ बास्तोली घर भएका १९ वर्षीय रोहित चँदाराको शव इनारमा फालिएको अवस्थामा फेला परेको हो ।
उनी भारतको कर्नाटक प्रदेशमा पर्ने बैंगलुरुमा रहेको क्राइस्ट युनिभर्सिटीमा स्नातकोत्तर तहमा अध्यनरत थिए ।गत फेबरुअरी २६ तारिखका दिन बैंगलुरुकै सज्जापुरस्थित कोठाबाट हराएका उनको शव सज्जापुरबाट ३४ किलोमिटर टाढा चन्दापुरा भन्ने ठाउँमा भेटिएको हो । त्यहाँस्थित एक इनारमा कपडा खोलिएको, कान र मुखबाट रगत आएको अवस्थामा चँदराको शव फेला परेको उनका बुवा खड्क चँदाराले बताए ।
उनको शव शनिबार फेला परेको थियो । लास पानीमाथि नआओस् भनेर रुखको हाँगाहरु माथि राखेर ढुङगाले छोपेको खड्कले बताए । उनका अनुसार बाहिर हत्या गरेर लास लुकाउन इनारमा फालेर छोराको हत्या गरिएको बताए ।मृतकका बावुका अनुसार सधैँ क्याम्पसबाट आएपछि घरमै बसेर पढ्ने रोहितलाई त्यस दिन उनका भारतीय साथीहरु श्रीनिवास, सुदर्शन र रिहान घरमै आएर घुम्न लिएर गएका थिए ।
साँझसम्म रोहित घर नफर्किएपछि उनीहरुका साथीहरुलाई सोध्दा आफूसँग नगएको र रोहितको बारेमा थाहा नभएको जवाफ दिएको मृतकका छिमेकी दिपक खड्काले बताए । हत्याको आशंकामा कर्नाटक प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि भारतमा नेपालीको हत्यालाई प्रहरीले सामान्य रुपमा लिने गरेकाले न्याय नपाइने हो कि भन्ने मृतकका परिवारको आशंका छ ।
नेपालीलाई कसैले मा¥यो भने पक्राउ गरेर एक÷दुइ हप्ता थुन्छन् । पछि छोडिदिन्छन्, मृतकी आमा आशा चँदाराले भनिन्, मेरो छोराको हकमा पनि त्यस्तै हुन्छ कि भन्ने डर लागेको छ । मृतकका बुवाआमाले लामो समयदेखि भारतमा मजदुरी गरेर छोरा र छोरीलाई उतै पढाउँदै आएका थिए । उनीहरूले आफ्नो छोराको हत्या भएको भन्दै घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।
यो समाचार बझाङ बाट बसन्तप्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको हो।