सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सेयर गरौं

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट दुईतिहाईभन्दा बढी सांसदको समर्थनमा विश्वासको मत पाएका छन् ।

दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए । मतदानमा ५२ जना सांसद सहभागी भएका थिए । त्यसमध्ये शाहले ४१ मत पाए। उनको विपक्षमा ११ मत पर्यो ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १र१ सांसद छन् । शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन् ।

प्रदेश सभामा एमालेका १० सांसद छन् । शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन् ।

यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसक्दा उनको सरकार एक महिनामै ढलेको थियो ।

रावलको सरकार ढलेपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339