फागु पूर्णिमामा राष्ट्रपति भण्डारीको शुभकामना

सेयर गरौं

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन्।

शुभकामना सन्देश गरीमा फागु पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरिति निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।

‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा होलीमा खेलिने रङजस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो’, उनले भनेकी छिन्, ‘तसर्थ, फागुपूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बिचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1348