जिल्ला प्रशासन कार्यालय बझाङले फागु अर्थात् होली पर्वको शुभकामना दिँदै गर्यो सभ्यरुपमा मनाउन अनुरोध

सेयर गरौं

बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले सोमबार आज परेको महान साँस्कृतिक पर्वका रुपमा मनाइने फागु अर्थात् होली पर्वको शुभकामना दिँदै सभ्यरुपमा मनाउन अनुरोध गरेको छ । आइतबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यलयले होली पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य ढङ्गले मनाउँदा मात्र होली पर्वको महत्व सिद्ध हुने भएकाल मर्यादित र सभ्य ढङ्गले पर्व मनाउन अनुरोध गरेको हो ।

प्रशासनले सम्पूर्ण जिल्लामा बासीमा आज परेको होली अर्थात् फागु पर्वको शुभकामना व्यक्त गरेको छ ।

त्यस्तै प्रशासनले होली मनाउने नाममा कसैको इच्छा विपरीत जवरजस्ति,अमर्यादित र गैरकानुनी र उच्छृङ्खल किसिमका कुनैपनि व्यवहार गर्ने नगराउन , मादक तथा नशालु पदार्थ खुवाउने मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने सार्वजनिक स्थानमा होहल्ला गर्न चर्को आवाजमा (डिजे) बजाउने जस्ता अवाञ्छित क्रियाकलापहरू नगर्न नगराउन अनुरोध गरेको छ ।
त्यस्तै अर्काको इच्छा विपरीत रङ्ग दल्ने प्लाष्टिक जन्य लोला हान्ने फोहोर छ्याप्ने बाटोमा हिड्ने व्यक्तिलाई दु:ख हैरानी तथा कष्ट दिने जस्ता प्रचलित कानुन विपरीतका कार्य भएकाले त्यस्ता कार्य तथा असभ्य व्यवहार कोही कसैलाई नगर्न नगराउन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्धारा हस्ताक्षरित सुचना मार्फत सवैमा आग्रह गरिएको छ ।
प्रशासनले कोही कसैको इच्छा एवम् स्वीकृति बेवर कानुन विपरीतका काम गरे कारबाही हुने समेत सूचना मार्फत भनेको छ ।
यदि कैसैले यस्ता उच्छृङ्खल कार्य गरे नजिकको प्रहरी कार्यालय अथवा १०० मा फोन गरेर जानकारी गराउन अनुरोध पनि अनुरोध गरिएको छ ।
होली पहाडी जिल्लामा आज र तराईमा भोली मनाइँदैछ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212