बझाङमा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिको बैठक सम्पन्न

सेयर गरौं


उत्तमकुमार थापा बझाङ

बझाङमा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समितिकाे बैठक सम्पन्न भएको छ ।

मंगलबार जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेकाे नेकपा माओवादी केन्द्र बझाङकाे सभाहलमा कार्यक्रम सुरु भएको थियाे । एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष रुद्रप्रशाद ओझाकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र बझाङ ईन्चार्ज देवराज रेग्मी बिशिष्ठ अतिथिमा नेकपा माओवादी केन्द्र बझाङका संयाेजक टाेपबहादुर खड्का बिशिष्ठ अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य जन्मजय जाेशी रहनुभएकाे थियाे ।

जिल्लाकाे सदरमुकाम चैनपुरमा संचालन भएको कार्यक्रममा लामो समय जनयुद्ध गरेर देश परिवर्तन गर्न तपाईं हामी सबैकाे भुमिका नभुल्न र यसलाई नियालेर अगाडि बढ्न नेता रेग्मीकाे आग्रह थियाे । संगठनकाे बसेको बैठकले यहीँ फागुन २९/३० गते हुन गईरहेकाे राष्ट्रिय सम्मेलन लाई सभ्य भव्य साथ सफल पार्न सबैले सहयाेग गर्नु पर्ने र राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिनु भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242