थलाराको रेगम र केदारस्युँको देउरा जोड्ने झुलुङ्गे पुलको शिलान्यास

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिका १ को रेगम र केदारस्युँ गाउँपालिकाको देउरा जोड्ने झुलुङ्गे पुलको शिलान्यास गरिएको छ । गत वर्ष कार्तिक महिनामा परेको अबिरल वर्षाका कारण सेती नदिमा बाढी आउँदा रेगम देउरा जोड्ने झुलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको थियो ।
थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले त्यहाँका स्थानीयहरू समस्यामा परेका छन् । रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका -१ का स्थानीयवासीलाई अहिले आवतजावत तथा कृषि उपज बजारसम्म पुर्‍याउन कठिन भइरहेको बताइएको छ।

दिउँदको समयमा पानीको बहाव घटेसँगै उक्त ठाउँमा अहिले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाको सहयोगमा उक्तठाउँमा काठको साँघु राखिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए ।

त्यही काठे पुल पनि जोखिममा रहेको छ। सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ। अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने भन्दै स्थानीयवासी माग राख्दै आएका थिए ।

पुल बगाएको एक वर्षभन्दा बढी समयपछि सोमबार पुर्वाधार विकास प्रमुख ईन्जिनियर महेश्वर घिमिरे लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको उपस्थितिमा  पुलको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया उपाध्यक्ष राम बहादुर खाती वडा नम्बर ८ का वडाध्यक्ष टिकाराज जोशी लगायत अतिथि रहनु भएको थियो । १ सय २१ मिटर लामो झुलङ्गे पुल निर्माणमा २ करोड लागत लाग्ने अनुमान गरिएको छ ।  १८ महिनामा सम्पन्न गर्ने गरि देवभुमि निर्माण सेवाले पुल निमार्णको जिम्मा लिएको छ ।

बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन्।

पुलको शिलान्यास भएपछि अहिले स्थानीय खुसी देखिन्छन् । स्थानीयहरूले आफ्नो माग पूरा गरेको भन्दै काम छिटो हुनुपर्ने उनीहरूको भनाइ छ ।

1678170496777
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212