थलारा गाउँपालिकामा भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धि ७ तालिम सम्पन्न- ४४ जनाले लिए तालिम

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिकामा डकर्मीहरूका लागि संचालन गरिएको भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धि ७ तालिम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका उद्यम शाखा, कर्क इन एक्टि कोर्डेड , युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको संयुक्त आयोजनामा पालिकाको दुई ठाउँमा फागुन १६ गतेदेखि संचालन गरिएको उक्त तालिम सोमबार सम्पन्न भएको हो ।

आधुनिक तरिकाले बनाउने घर तथा पिल्लरवाला घर र संरचना मात्र भुकम्प प्रतिरोधि नभइ परम्परागत तरिकाले बनाउने घरहरू र स्थानीय स्तरमै प्राप्त स्रोत सामग्रीहरुको प्रयोग गरि बनाउने घरहरू जस्तै ढुङ्गा माटोको घर काठ तथा बासको जडानबाट बनेका घरहरू पनि भुकम्प प्रतिरोधि बनाउन सकिन्छ भन्ने सीप सिकाउने उदेश्यले तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागी डकर्मीहरूलाई स्ल्याव ढुङ्गा ब्लक र ढलाने इटा बनाउने ,सैद्धान्तिक ज्ञान तथा अभ्यास , घडेरिको छनोट ढुङ्गाको गारोवाला भवन निर्माण प्रविधि , काठ र बासको घर निर्माण प्रविधि , पिल्लरवाला भवन निर्माण प्रविधि , बैकल्पिक निर्माण सामाग्री ,कमजोर भवनको भुकम्पीय प्रवलिकरण ,तथा राष्ट्रिय निर्माण संहिता र डकर्मीको भुमिका लगायतका विषयबस्तुमा जानकारीका साथै अभ्यास गराइएको थियो ।
डकर्मीलाई भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धि दिइएको उक्त तालिम थलारा गाउँपालिका -४ को महेन्द्रधार र वडा नम्बर ९ को मालुमेलामा संचालन गरिएको प्रगतिशील युवा समाज विपद व्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर पदम बिष्टले बताए ।
उनका अनुसार थलारा गाउँपालिका वडा नम्बर १ देखि ५ सम्मका २६ जना महेन्द्रधारमा र ६ देखि ९ सम्मका १८ जना मालुमेलमा गरि ४४ जना डकर्मीलाई तालिम दिइएको छ ।

महेन्द्रधारको तालिमका सहभागीलाई इन्जिनियर विनोद नेपाल र लोकेन्द्र जोशी तथा मालुमेलाको तालिमका सहभागीलाई इन्जिनियर नरेश खड्का र हरि सुवेदीले तालिम दिनुभएको थियोे ।

मालुमेलाको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियोे भने, महेन्द्रधारको कार्यक्रममा उपाध्यक्ष रामबहादुर खाती प्रमुख अतिथि रहनु भएको थियोे ।

Picsart 23 03 07 14 22 25 581
Picsart 23 03 07 14 23 14 725
Picsart 23 03 07 14 24 09 111
Picsart 23 03 07 14 25 09 752
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212