दार्चुलामा जीप दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते 

सेयर गरौं

दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोछ भने १० घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बाङ्गाबगर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्।

घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको  कारण खुलेको छैन् । थप अनुसन्धान भइरहेको  छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242