मृत फेला परेका शिशुको घटनाका दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मीद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र

सेयर गरौं

बझाङमा बेवारिसे अवस्थामा मृत फेला परेका नवजात शिशुको घटनाका दोषीलाई कानुनी कारबाहीको माग गर्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका-१० चैनपुरको बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा फागुन १९ गते बेवारिसे अवस्थामा मृत फेला परेका ती शिशु घटनाका दोषीलाई पत्ता लगाइ कानुनी कारबाहीको माग गर्दै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

शिशुको शव फेला परेको ५ दिन बितिसक्दा पनि कसले फालेको हो भन्ने कुरा पत्ता नलागेको बिषयमा महिलाका अधिकारका लागि, महिला मानव अधिकार संञ्जाल ,महिला अधिकार मञ्च ,अल्पकालिन महिला सुरक्षित आवास गृह लगायत अन्य अगुवाई गर्ने विभिन्न संघ सस्थाहरुले सामुहिक रुपमा स्तब्ध भएको बताउँदै उक्त समस्याको यथाशीघ्र छानबिन गरिकडाभन्दा कडा कारबाही होस् भनी जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र मार्फत ध्यानाकर्षण गराइएको बताइएको छ ।

मानव अधिकार रक्षक संजाल जिल्ला अध्यक्ष शाह , महिला अधिकार मञ्च जिल्ला अध्यक्ष जयन्ती जोशी ,अन्तरपाटी महिला संजाल जिल्ला अध्यक्ष सुनिता थापा , अल्पकालीन महिला सुरक्षित आवास गृह जिल्ला इन्चार्ज गीता शाही , मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ( सिएमसी) नेपाल संयोजक शान्त बहादुर खड्का , फियान नेपाल संयोजक सीता सिंह पिसविन नेपाल जेसी च्याम्पीयन सविता खड्का ,महिला विकास समिति जिल्ला अध्यक्ष रमा जोशी, महिला मुक्ति अभियान जिल्ला सदस्य राधा विष्ट र जिल्ला मानवअधिकार रक्षक संजालका जगदीश रोकायाको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ,, नेपाल सरकारले महिला बिरुद्ध हुने विभेद तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुन द्वारा दण्डनीय बनाएको छ ।नेपालको संविधानले लैंगिक विभेद अन्त्यगरि आर्थिक समानता समृद्ध र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न संकल्प गरेको छ । समान नागरिक समान सहभागिता , सामाजिक सुरक्षा कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ । राज्यले यस्ता किसिमका जघन्य अपराधको न्यायका लागि कानुन निर्माण गरि कार्यान्वयनमा आएतापनि यस बझाङको जयृथ्वी नगरपालिका वडा नम्बर चैनपुरस्थित १० बाहुलिगाड किनारमा बेवारिसे नवजात शिशुको शव फेला परेको ५ दिन बितिसक्दा पनि कसले फालेको हो भन्ने कुरा पत्ता नलागेको विषय प्रति अधिकारकर्मी संस्थालाई स्तब्ध भएको बताउँदै उक्त समस्याको यथाशीघ्र छानबिन गरिकडाभन्दा कडा कारबाही होस् भनी जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छौ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले घटना को सबै जानकारी गराएका थिए। साथै उहाँले नवजात शिशुको डिएनए परिक्षण गर्ने र शिशुको मृत्यु भएर हो वा मारेर फालेको थाहा हुनेछ । शिशु कस्ले फालेको हो यस विषयमा मसिनो रुपमा खाेज तलास तथा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेलाई उद्धृत गर्दै पत्रकार जगदीश राकोयाले बताए ।

received 115404068059104
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212