१३ माघ २०८१, आईतवार
बुङ्गल नगरपालिकामा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
जगदीश रोकाया – बझाङ ।
बझाङको बुङ्गल नगरपालिकामा लैंगिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार भन्ने मुल नाराका साथ १ सय १३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाजले आयोजना गरेको नगरपालिकाका विभिन्न वडाहरूमा नारी दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम आज सम्पन्न भएको हो । बुगल नगरपालिका वडा नम्बर .९,१० र ११,युनाईटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङ्गको साझेदारीमा संचालित समान व्यवहार परियोजना र वडा स्तरमा रहेको महिला संजालहरुको संयुक्त आयोजनामा आयोजित उक्त दिवस कार्यक्रमहरुमा लैगिक हिंसा अन्त्य सहित लैगिक समानताका लागी संन्देश मुलक प्ले कार्ड सहित र्याली आयोजना गरिएको थियो, भने साथै महिला पुरुष बराबरी र समान व्यवहार कायमका लागी सन्देश मुलक डेउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
बुगल नगरपालिकाको उक्त तिन वटै वडामा आयोजित दिवस कार्यक्रमहरुमा वडा नम्बर ९ मा वडा अध्यक्ष हरिष बहादुर सिंहको अध्यक्षता र पूर्व नगर प्रमुख धन बहादुर विष्टको प्रमुख आथित्यतामा र वडा नम्बर १० मा बुगल नगरपालिका नगर कार्यपालिका सदस्य धनसरा पुजाराको अध्यक्षता र वडा अध्यक्ष प्रेम बहादुर ओखेडा प्रमुख अथिति रहनु भएको थियो । त्यस्तै वडा नम्बर ११ मा वडा अध्यक्ष लोक राज जोशीको अध्यक्षता र बुगल नगरपालिका नगर उप प्रमुख धन बहादुर बोहराको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा परियोजना अन्तर्गत गठित विभिन्न समुहका तथा अन्य गरी सयौ जनाको सहभागिता रहेको थियो ।
महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।