केदारस्युँ गाउँपालिकामा विविध कार्यक्रमका साथ मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

सेयर गरौं

पवन बोहरा – बझाङ ।

बझाङको केदारस्युँ गाउँपालिकामा विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार “भन्ने मुल नाराका साथ केदारस्युँ गाउँपालिकामा आज ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो ।
बझाङको नारी दिवसको अवसरमा प्रगतिसिल युवा समाज बझाङकाे सहयाेमा केदारस्युँ गाउँपालिकाले संचालन गरेको वडा स्तरिय महिला डेउडा प्रतियाेगिता पनि सम्पन्न भएकाे छ ।
वडा स्तरिय महिला डेउडा प्रतियोगिता केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीकाे धामीकाे अध्यक्षतामा कार्यक्रम संचालन गरिएकाे थियाे । प्रमुख अथितिमा भैरव माध्यमिक बिध्यालयका झाेताका प्राध्यान्याध्यापक शान्ती बाेहरा रहनु भएकाे थियाे । बिशिष्ठ अथितिमा केदारस्युँ गाउँपालिका निवर्तमान उपाध्यक्ष निशा धामी रहनु भएकाे थियाे ।
केदारस्युँ गाउँपालिका भरिका जम्मा ७ टिमकाे सहभागिता थियाे । महिला देउडा प्रतियोगितामा केदारस्युँ गाउँपालिका वडा नम्बर ५ ले प्रथम स्थान हासिल गरेकाे छ । द्वितीय स्थान केदारस्युँ गाउँपालिका वडा नम्बर ३ हात पारेकाे छ । भन तृतीय स्थान केदारस्युँ गाउँपालिका वडा नम्बर १ र ६ ले हात पारेकाे केदारस्युँ गाउँलिका उपाध्यक्ष मनिषा धामीले बताउनुभयाे ।
कार्यक्रम शिक्षक धनबहादुर भण्डारीले संचालन गर्नु भएकाे थियाे ।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर दिवस मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35