२८ आश्विन २०८१, सोमबार
थलारा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
बझाङको थलारा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार “भन्ने मुल नाराका साथ थलारा गाउँपालिकाका विभिन्न वडाहरूमा आज १ सय १३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।
थलारा गाउँपालिका वडा नम्बर -८ मा वडा स्तरीय अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम वडा स्तरीय महिला संजालको आयोजना र वडा कार्यालयको सहयोगमा गरिएको थियोे । वडाध्यक्ष टिकाराज जोशीको प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा , कार्यक्रम उद्घाटन अघि महिलाहरुले महिला हिंसा अन्त्य गरौँ लगायतका नारा लगाउँदै बाजागाजा सहित र्याली निकाल्नु भएको थियोे ।
कार्यक्रममा सहभागी महिलाहरूले चुलोचौको र घरायसी काममा मात्रै सिमित नभइ महिलाहरुले सबै ठाउँमा सहभागी हुनेपर्ने धारणा राख्नुभएको थियोे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जोशीले कार्यक्रम बोल्दै हरेक कार्यक्रममा महिलाको सहभागी न्युन भएको बताउँदै सबै कार्यक्रममा महिलाको सहभागीता बढाउनु पर्नेमा जोड दिनु भएको थियोे । साथै उहाँले वडामा महिला नेतृत्व कर्ता नभएको जस्तो अवस्था देखिएको महिलाहरुले नेतृत्वकर्ता हुनुपर्ने सभा सम्मेलन तथा कार्यक्रममाहरूमा महिलाको सहभागिता बढाउनुपर्ने र आफ्नो हकअधिकारका लागि काम गरिसक्नुपर्ने समेत बताउनुभएको थियोे । साथै उहाँले यो वर्ष तयारी नहुँदा कार्यक्रम नभएको र अर्को वर्ष अगाडिदेखि नै तयारी गरेर धुमधामका साथ मनाउने प्रतिबद्धता गर्नुभएको थियोे । कार्यक्रममा वडा सचिव डिल्लीराज पाण्डे , निर्वाचित वडा सदस्य लगायत महिलाहरूको बाक्लो सहभागिता रहेको थियोे ।
त्यस्तै थलारा गाउँपालिका वडा नम्बर ३ मा पनि वडा कार्यालयको आयोजनामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरि महिला दिवस मनाइएको छ । १ सय १३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जनचेतनामूलक देउडा ,कविता , गजल लगायतका विभिन्न प्रतियोगिता आयोजना गरि दिवस मनाइएको वडाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभएको छ ।
उक्त प्रतियोगितामा सहभागीहरूलाई नगद पुरस्कारले पुरस्कृत गरिएको समेत उहाँले बताउनुभयो ।
वडा आमा समुहका अध्यक्ष दुर्गा बुढा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रकाश भण्डारी प्रमुख अतिथि रहनु भएको थियोे ।
प्रमुख अतिथि भण्डारीले कार्यक्रम बोल्दै महिलाहरूले महिलाका हकहितका लागि कुनै बिषय बस्तु ल्याएर वडा कार्यालयमा आएमा सम्बोधन गर्ने बताउनुभयो । उहाँले भन्ने भयो महिलाहरू आफ्नो हकअधिकार लागि आफै लड्नु , आवश्यक सहयोग गर्नुपरे हामीले तयार छौँ , महिला राष्ट्रपति समेत भइसके तर तपाईहरू अझै
घर भित्र र बाहिरको कामको मात्रै सिमित देखिनु भयो ,, अब महिला पनि नेतृत्वकर्ता बन्नु होस् । त्यस्तै अन्यवडाहरूमा पनि विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको छ । यसैबीच थलारा गाउँपालिका वडा नम्बर १ को लक्ष्मी निमावि विद्यालय माेलिपुरमा पनि विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइएको छ ।
त्यस्तै आज नारी दिवस जिल्लाका १२ वटै स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम सहित नारी दिवस मनाइएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन्।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन्। जसलाई सम्मेलनले पारित गर्यो । त्यसपछि सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो।
त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे। महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ।