२७ आश्विन २०८१, आईतवार
झोतामा अभिभावकीय शिक्षा सहजकर्ता तालिम सम्पन्न
बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा अभिभावकीय शिक्षा सहजकर्ता तालिम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा र प्रगतिशील युवा समाज क्रियाकलापमा आधारित सिकाइ परियोजनाले आयोजना गरेको उक्त ३ दिने अभिभावकीय शिक्षा सहजकर्ता तालिम सम्पन्न भएको हो ।
बालबालिकाहरू प्रति माया सद्भाव र हेरचाहको भावना जागृत गराउन लागि तालिमको आयोजना गरिएको थियोे । कार्यक्रम क्रियाकलाप आधारित सिकाइ परियोजना लागू भएका थलारा गाउँपालिकाका स्थानीयका लागि आयोजना गरिएको थियोे ।
बालबालिकाको सबैभन्दा नजिकको गुरु पाठशाला अभिभावक भएकोले अभिभावकीय शिक्षाले बालबालिकामा गुणस्तरीय शिक्षा आर्जनमा टेवा पुग्ने लगायतका बारेमा तालिममा जानकारी गराइएको थियोे । त्यस्तै तालिममा बालबालिकालाई अभिभावकले कसरी शिक्षा दिने , बालबालिकाले असल शिक्षा , नैतिकता र कर्तव्य बहन गरि गर्न सक्छन्, अभिभावकले दिने शिक्षा कस्तो हुनुपर्छ र अभिभावकीय शिक्षाको महत्त्वका बारेमा तालिमा दिइएको थियोे ।
बालबालिकाहरू प्रति माया सद्भाव र हेरचाहको भावना जागृत गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियोे ।
प्रगतिशील युवा समाज अध्यक्ष रमेश केसीको अध्यक्षमा भएको कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश भण्डारी प्रमुख अतिथि रहनु भएको थियो ।
उक्त कार्यक्रममा लागि थलारा गाउँपालिका वडा नम्बर ३ ले पनि आर्थिक सहयोग गरेको थियोे ।
वडाध्यक्ष प्रकाश भण्डारीले आफु पदमा नभएको समयदेखिनै आफ्नो वडाका टोलमा सिकाइ परियोजनाले गरेको काम प्रति प्रभावित भएको बताउँदै अहिले पदमा हुँदा वडा बाट हुने सहयोग गरेको धारणा राख्नु भएको थियोे । त्यस्तै परियोजनाले समस्या भएका व्यक्तिलाई सहयोग गर्दै आएको र वडाका दलित बस्तीलाई समेटेकाले झनै प्रभावित भएको समेत बताउनुभएको थियो । गुणस्तरीय शिक्षाका लागि वडा बाट हुने सहयोग सधैं हुने उहाँको भनाइ थियोे ।
समापन कार्यक्रम बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष केसीले विगत लामोसकय देखि शिक्षा जिविको पार्जन र स्वास्थ्यको क्षेत्रमा संस्थाले विभिन्न संस्था संग सहकार्य गरेको काम गरिरहेको बताउनु भयो ।
बालबालिकालाई नैतिकवान नैतिक शिक्षा र कर्तव्य बहन गर्ने बनाउने जिम्मा अभिभावकको भुमिका भएकालेे सर्वप्रथम अभिभावकले बालबालिकालाई जीवनउपयोगि कुरा सिकाउनुपर्ने पनि बताउनुभयो ।बालबालिकालाई आफ्नो इच्छाशक्तिले भन्दा पनि उनीहरुको चाहनाअनुुप खुसी साथ शिक्षा दिन सकेमा बालबालिकालाई सक्षम बन्ने पनि उहाँको भनाइ थियोे ।
उहाँले परियोजना अन्तिम वर्षमा आएको र अहिलेसम्म शिक्षा क्षेत्रमा राम्रो काम गरेको र गुणस्तरीय शिक्षामा ठूलो उपलब्धि भएको समेत बताउनुभयो ।
परियोजना लागु भएको थलारा गाउँपालिकामा अभिभावकीय शिक्षा सहजकर्ता तयार मार्नका लागि तालिमको आयोजना गरिएको बताएको छ । सहजकर्ता छनोट भइसकेपछि पालिकामा अभिभावकीय शिक्षा तालिम प्राप्त व्यक्तिले सिकेको सीप लागू गरि गुणस्तरीय शिक्षा बनाउने अपिक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय बालविकास कार्यक्रमको मोडल अनुसार अभिभावकीय शिक्षा सहजकर्ता तालिम दिइएको परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र खड्काले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षण प्रारम्भिक बालशिक्षा केन्द्र काठमाडौंका सुनिता महर्जन र दोजि प्रधानले दिनुभएको थियोे ।
यो तालिम तीन चरणसम्म संचालन हुने भएको छ । आज समापन भएको कार्यक्रम पहिलो चरणको भएको र चैत २३ गतेदेखि दोस्रोचरणको र त्यसको २ महिना पछि अन्तिम अर्थात तेस्रो चरणमा तालिम सम्पन्न भएपछि मात्रै तालिम लिएकाहरू सहजकर्ता छनोट हुने परियोजना कार्यक्रम संयोजक खड्काले बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी यु.ए.म.ए.न कलष्टर पाण्डप रसाइली ,जिल्ला पत्रकार महासंघ पुर्व अध्यक्ष जगदीश रोकाया लगायत प्रगतिशिल र युएमएन का कर्मचारी र पत्रकारको उस्थिति रहेको थियोे ।
तालिममा थलारा गाउँपालिकाका ७ वटा टोलबाट स्थानीय सहभागी थिए। थलारा गाउँपालिका देवलबाझ , दिपिल, डिख्ला , दुवालि, गोठिगाउँ र खानिकामा रहेका दलित बस्तीबाट कार्यक्रम स्थानीय सहभागी थिए ।
कार्यक्रम संचालन कार्यक्रम संयोजक खड्काले गर्नुभएको थियोे ।