अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न

सेयर गरौं


उत्तमकुमार थापा – बझाङ
बझाङमा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) काे जिल्ला भेला सम्पन्न भएको छ ।

बिहिवार जिल्लाकाे सदरमुकाम चैनपुर स्थित पार्टी कार्यालयकाे सभाहलमा संचालित एक कार्यक्रमले नयाँ समिति चयन गरिएको महिला प्रदेश कमिटी सदस्य अञ्जु खड्काले बताए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे जिल्ला कमिटी बैंठक अध्यक्ष सरस्वती गिरीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य देवकी मल्ल रहनुभएकाे थियाे बिशिष्ठ अतिथिमा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शान्ति नेपाली नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक टाेप बहादुर खड्का रहनु भएको थियाे ।

पार्टी कार्यालयमा संचालन भएको कार्यक्रमले नयाँ समिति चयन गरिएको हाे, भने ,नयाँ कार्यसमितिमा संयाेजमा धुम्रा ठगुन्ना परियार (निशा) सह- संयाेजकमा दुर्गा बुढा भण्डारी सचिवमा पुष्पा मल्ल बम सहित ७५ जना सदस्य अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) जिल्ला समन्वय समिति बझाङ चयन गरिएको छ । ७ औं जिल्ला भेलाबाट चयन गरिएकाे प्रदेश सदस्य अञ्जु खड्काले बताए । कार्यक्रम संचालन पार्वती मल्ल बम्मले गर्नुभएको थियाे । भेलामा जिल्ला २०० जना भन्दा बढी महिला उपस्थिति रहनुभएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230