३ फाल्गुन २०८१, शनिबार

झोतामा मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा स्वास्थ्य स्वयंसेवीकालाई दुई दिने सुपरिवेक्षण कार्यक्रम सुरु
बझाङको केदारस्युँ गाउँपालिका -९ झोतामा स्वास्थ्य स्वयंसेवीकालाई दुई दिने सुपरिवेक्षण कार्यक्रम सुरु भएको छ ।
युनाइटेड मिसन टु नेपालको सहयोगमा दलित सहयोग समाज चैनपुर बझाङ द्वारा संचालित मानसिक स्वास्थ्य परियोजनाको आयोजनामा केएमडी होटलमा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो ।
समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि स्वास्थ स्वयंसेवीकाले सन्चालन गरेका कियाकलापहरुकाे समीक्षा गर्नका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिस्ना बमले बताउनुभएको छ ।
कार्यक्रममा परियोजना लागू भएका थलारा गाउँपालिका वडा नम्बर २,४ र ५ का १४ जना स्वयंसेविकाको स्वयंसेविकाको सहभागीता रहेकोे छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1