बाजुरामा उच्च रक्तस्रावका कारण १७ वर्षीय सुत्केरीको मृत्यु

सेयर गरौं

बाजुरा : बाजुरामा एक सुत्केरी किशोरीको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका- २ बजेडीकी १७ वर्षिया लक्ष्मी लुवारको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुई वटा शिशुलाई जन्म दिएकी लक्ष्मीको उच्च रक्तस्रावका कारण बयलपाटा अस्पताल अछाम लैजाने क्रममा  बाटोमा मृत्यु भएको आफन्तले बताएका छन् ।

आफन्तका अनुसार लक्ष्मीले एक शिशु घरमा र एक शिशु   बह्रमतोला स्वास्थ्य चौकीमा जन्माएकी थिइन् ।  अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य चौकीले बिहीबार बयलपाटा अस्पताल  रिफर गरेको थियो । अस्पताल नपुग्दै उनको ज्यान गएको छ ।

पहाडी जिल्लामा समयमा अस्पताल नपुराउँदा प्रत्येक बर्ष सुत्केरी तथा गर्भवती महिलाको ज्यान भइरहेको छ । तीन महिना पहिला पनि बुढीगंगा नगरपालिका वडा नम्बर ६ की नितु जैसीको पनि रक्तस्रावका कारण मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
संवाददाता
संवाददाता
Articles: 1356