१२ माघ २०८१, शनिबार
![Screenshot 20230310 202435](https://thalarakhabar.com/wp-content/uploads/2023/03/Screenshot_20230310-202435.png)
बैतडीमा उपाध्यक्ष माथि हातपात , एक युवक प्रहरी नियन्त्रणमा
बैतडीमा गाउँपालिका उपाध्यक्ष माथि कार्यकक्षमै हातपात भएकाे छ । जिल्ला पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टमाथि हातपात भएको हो ।
उनले आफूमाथि वडा नं ३ बस्ने दिपक बहादुर चन्दले २५ गते दिउँसो विधुतिकरणको विषयलाइ लिएर मादक पदार्थ सेवन गरि कार्यकक्षमै आएर हातपात गरेको आरोप लगाएकी छन्।
कुर्सीमा बसेको बेला मलाई लछारपछार गरि गालिगलाैच सहित हातमा लिएको फलामको प्लासले कुटपिट गरेको उनको आरोप छ ।
उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले मदिरा सेवन गरेर शुक्रबार कार्यकक्षमै प्रवेश गरेर आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए। ‘उपाध्यक्ष ज्यूले मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै निवेदन दिएपछि उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउछौँ।’
उपाध्यक्ष भट्ट चन्दविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्न इलाका प्रहरी कार्यालय पाटन पुगेकी छन्। चन्दले पालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुव्र्यवहार गरेकाले अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी दिइरहेको बताइन्।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले उपाध्यक्ष भट्ट किटानी जाहेरी दिन आइपुगेको बताउदै कानूनी परामर्श भइरहेको बताए। भट्टले दुव्र्यवहार गर्ने चन्दलाई कारवाहीको माग गर्दै गाउँपालिका महासंघमा समेत उजुरी दिएकी छन्।