२७ आश्विन २०८१, आईतवार
बझाङमा सबै विद्यार्थी संगठनहरु गठबन्धन गरेर स्ववियुको निर्वाचनमा भाग लिने, कसको कोसँग गठबन्धन ?
बझाङ – बझाङमा सबै विद्यार्थी संगठनहरु गठबन्धन गरेर स्ववियुको निर्वाचनमा भाग लिने भएका छन् । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत ५ गते र सुदुरपश्चिम विश्वविद्यालय अनर्तगतका क्याम्पसहरुमा चैत ८ गते स्ववियु निर्वाचनमा सबै विद्यार्थी संगठनहरू गठबन्धन गरेर निर्वाचनमा भाग लिने भएका हुन् ।
सोहि निर्वाचनलाई लक्षित गरि बझाङमा दुई–दुई विद्यार्थी संगठन मिलेर निर्वाचनमा भाग लिने लागेका छन् ।
जसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठन विच निर्वाचनमा सहकार्य हुने भएको छ, भने त्यस्तै नेकपा एमाले निकट विध्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अखिल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (अनेरास्ववियू) विच निर्वाचनमा सहकार्य हुने भएको हो ।
विद्यार्थी संगठनका प्रमुख नेताहरुले शुक्रबार निर्वाचनमा सहकार्य गरेर जाने भनेर छलफल गरी हस्ताक्षर गरिसकेका छन् । निर्वाचनमा सहकार्य गरेर जानेभएपछी विद्यार्थी संगठनहरुले क्याम्पसहरुको भागवण्डा समेत गरिसकेका छन् ।
जसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विच निवार्चनमा गठबन्धन हुने भएपछी भागबण्डाका क्रममा त्रिवेणी आर्दश क्याम्पस विजगडा, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा, जयपृथ्वी बहुमुखी क्याम्पस, र सेती क्याम्पस बगडगाउँ नेपाल विद्यार्थी संघको भागमा परेको छ । यी पाँच क्याम्पसमा नेविसंघले सभापती पदमा र अनेरास्ववियु (क्रान्तिकारी)ले सचिव पदमा दावी गर्ने भएको छ ।
यता अनेरास्ववियु (क्रान्तिकारी)को भागमा बझाङदिप क्याम्पस झोता, शान्ति आर्दश क्याम्पस व्याँसी र थलारा बहुदलीय क्याम्पस खोली परेको छ । यी तिन क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)ले सभापती पदमा र नेविसंघले सचिव पदमा दावि गर्ने भएका छन् ।
त्यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको भागमा जयपृथ्वी बहुमुखी क्याम्पस, सेतीक्याम्पस बगडगाउँ, थलारा बहुमुखी क्याम्पस खोली, खापरदेव क्याम्पस कालुखेती, सुनकुडा क्याम्पस सुनकुडा परेका छन् । यी पाँच क्याम्पसमा एमाले निकट अनेरास्ववियुले सभापती पदमा र नेकपा एस निकट अनेरास्ववियूले सचिव पदमा दावी गर्ने भएको छ । यस्तै नेकपा एस निकट विध्यार्थी संगठन अनेरास्ववियूको भागमा शान्ति आर्दश क्याम्पस व्याँसी, बझाङदिप क्याम्पस झोता र त्रिवेणी आर्दश क्याम्पस विजगडा परेका छन् । यी तिन वडा क्याम्पसमा नेकपा एस निकट विद्यार्थी संगठनले सभापति पद र एमाले निकट विद्यार्थी संगठनले सचिव पदमा दावि गर्ने भएको छ ।