स्ववियु निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित गर्ने

सेयर गरौं

बझाङ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत आज उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्य तालिकाअनुसार आज बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम रहेको हो ।

साथै आज नै साँझ ५ः०० बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1356