सेती क्याम्पस बगडगाउँमा स्ववियु सभापतिमा सिंहकाे उम्मेदवारी

सेयर गरौं


उत्तमकुमार थापा – बझाङ

त्रिभुवन विश्वविद्यालय मातहतमा रहेको सेती क्याम्पस बगडगाउँमा स्ववियु सभापतिमा अस्मिता सिंहकाे उम्मेदवारी रहेकाे छ ।

यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघ बाट सिंह सभापतिको उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ ।

अस्मिता सिंह नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ नेविसंघ बाट उम्मेदवार हुनुहुन्छ । उनलाई अखिल क्रान्तिकारी र नेविसंघकाे तर्फबाट उम्मेदवारी दर्ता गराएको छ भने ,उपाध्यक्षमा अखिल क्रान्तिकारी बाट सचिवमा राजेश दौल्याल रहेको रुमला जार्गिले बताए । अध्यक्षमा उम्मेदवार बनेकी सिंहले बगडगाउँमा चर्चा कमाएको पाईन्छ । उनले सामाजिक सञ्जालमा सबै विद्यार्थी साथिभाई शुभचिन्तकहरुलाई आफुलाई मतदान गरि बिजय गराउन आग्रह गर्नु भएको छ । उनले विजयी भए पछि विद्यार्थीकाे हक अधिकारकाे लागि लड्ने र विद्यालयमा हुने गरेका राम्रो कामको समर्थन सहित विद्यालयमा गर्नुपर्ने सुधार लाई अगाडि बढाउन आफुले भुमिका खेल्ने र सधै समाजसेवा बाटै अगाडि बढेकाे लेख्नु भएको छ । यसै गरि अनेरास्ववियुकाे र अनेरास्ववियु एसकाे तर्फबाट लक्ष्मण गिरीलाई अगाडि सारीएकाे छ । अध्यक्षमा लक्ष्मण गिरी र अस्मिता सिँहकाे उम्मेदवारी परेको छ । बझाङमा विद्यार्थीका भातृसँघठनहरु विच गठवन्धन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072