२८ आश्विन २०८१, सोमबार
शान्ति आदर्श क्याम्पसमा स्ववियु सभापतिमा धामीको उम्मेदवारी
बझाङको छबिसपाथिभेरा गाउँपालिका- ५ व्याँसीमा रहेको शान्ति आदर्श क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापतिका लागि बम धामीको उम्मेदवारी रहेको छ ।
त्रिभुवन विश्वविद्यालय मातहत रहेको शान्ति आदर्श क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका धामी सभापतिमा साँझा उम्मेदवार बन्नुभएको हो ।
जिल्लामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघ गठबन्धन गरेर निर्वाचनमा भाग लिएका छन् । सोही भागबण्डा अनुसार शान्ति आदर्श क्याम्पसमा सभापति अखिल क्रान्तिकारी विद्यार्थी संगठनको भागमा परेको थियोे ।
त्यस्तै सविचमा नेपाल बिद्यार्थी संघका सरिता जाग्री उम्मेदवार रहनु भएको छ । भने सचिव, उपसभापति,सहसचिव पनि नेविसंघ संघको भागमा परेको छ ।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीका बबिता कुमारि जोशी उम्मेदवार हुनुहुन्छ ।
छबिसपाथिभेरा गाउँपालिका-७ को बुड्खोरीमा जन्मेका सभापतिका उम्मेदवार धामी २०७१ सालदेखि निरन्तररुपमा अनेरास्ववियु क्रान्तिकारीको क्रियाशील सदस्य हुनुहुन्छ ।
धामी विद्यार्थीका हकहित निमित्त विगत एक दशकदेखि विद्यार्थी आन्दोलनमा समाहित भएर लागिरहनु भएको छ ।
धामीले आफ्नो प्यानल विजयी भए शान्ति आर्दश क्याम्पसमा भएका विविध किसिमका समस्यालाई समाधान गर्नका लागि र विद्यार्थीलाई रोजगार मुलक र उत्पादन मुखि शिक्षा प्रदान गर्नुका साथै भौतिक संरचना निर्माणमा पनि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यस्तै यता एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले पनि गठबन्धन गरेर चुनाबमा सहभागी छन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र एकीकृत समाजवादी निकट विद्यार्थी संगठनबाट (एस) निकट अनेरास्ववियुका विशाल बहादुर धामीको सभापतिमा उम्मेदवारी रहेको छ ।
स्ववियु निर्वाचन यहीँ चैत ५ गते हुँदैछ ।
उम्मेदवारको नामावली प्रकाशित