विगत दुुई महिनादेखी कार्यालय प्रमुुख विहीन बनेको बुुंगल नगरपालिकामा आजबाट कामकाज सुचारू हुने

सेयर गरौं

बझाङ – विगत दुुई महिनादेखी कार्यालय प्रमुुख विहीन बनेको बुुंगल नगरपालिकामा केदारस्यूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय हाजिर हुने भएकाछन् । तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले कामगर्ने वातावरण नभएको भन्दै अधिकृतबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएपछि नगरपालिकाका अन्य प्रशासनिक कामकाज लगायत आर्थिक कारोवार दुई महिनायता ठप्प हुँदै आएको थियो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकाका लागी प्रमुुख प्रशासकीय अधिकृत पठाइ सकेको भएपनि उनको तत्काल बिरामी भएर अप्रेशन गर्नु पर्ने भएका कारण उनी आउन केही समय लाग्ने बताउँदै नगरप्रमुख जय बहादुर धामीले तत्कालका लागी केदारस्यूँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले तीन दिन केदारस्यूँ गाउँपालिकामा र तीन दिन बुंगल नगरपालिकामा काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयले अख्तियारी दिएको बताउनुुयो । आइतवारबाट भने कार्यालयको कामकाज सुचारु हुने बुुंगल नगरपालिकाका नगर प्रमुुख धामीले जानकारी दिनुुभएको छ ।

यस्तै एक हप्ता काठमाडौ बसाई समयअवधिमा बुंगल नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागी संघबाट नै एक करोड २५ लाख बजेट विनियोजन गर्न लगाएको र बुंगल नगरपालिकाको वडा नं. ६ मा विद्यालय भवन निर्माणका लागी र नगरपालिकाका लागी ३ लाख बराबरको स्वास्थ्य औषधीहरु समेत नगरपालिकामा प्राप्त गरेको नगरप्रमुख धामीले जानकारी दिनुुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311