३ फाल्गुन २०८१, शनिबार

स्ववियु निर्वाचन :बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अखिल क्रान्तिकारी र नेविसंघका उम्मेदवार
बझाङमा त्रिभुवन विश्वबिद्यालय मातहतका क्याम्पसहरुमा अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गरेको छ । जिल्लामा अखिल क्रान्तिकारी र नेपाल बिद्यार्थी संघ (नेविसंघले गठबन्धन गरेर निर्वाचनमा भाग लिनेभएपछि भागबण्डामा अखिल क्रान्तिकारीलाई ३ क्याम्पस परेका थिए ।
अखिल क्रान्तिकारीले आफ्नो भागमा परेको थलारा गाउँपालिका- ५ खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस, छबिसपाथिभेरा गाउँपालिका -५ ब्याँसीमा रहेको शान्ति आदर्श क्याम्पस , र केदारस्युँ गाउँपालिका- ९ झोतामा रहेको बझाङदिप क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।
थलारा गाउँपालिका- ५ खोलीमा रहेको थलारा बहुमुखी क्याम्पस, वीरेन्द्र कुमार साउँद, छबिसपाथिभेरा गाउँपालिका -५ ब्याँसीमा रहेको शान्ति आदर्श क्याम्पसमा बम धामी , र केदारस्युँ गाउँपालिका- ९ झोतामा रहेको बझाङदिप क्याम्पसमा महेश खातीले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै जिल्लाका अन्य पाँच क्याम्पस नेविसंघको भागमा परेका छन् ।
यस्तै भागबण्डाका क्रममा जयपृथ्वी बहुमुखी क्याम्पस भोपुर , सेती क्याम्पस बगडगाउँ, खापरदेव क्याम्पस कालुखेती , त्रिवेणी आदर्श क्याम्पस बिजगडा, र सुनकुडा क्याम्पस सुनकुडामा नेविसंघले सभापति पाएको हो ।
तर सुनकुडा क्याम्पसमा भने नेविसंघ एक्लै स्ववियु निर्वाचनमा सहभागी छ ,भने अखिल क्रान्तिकारी, एमाले र (एस) निकट अनेरास्ववियुको गठबन्धन भएको छ ।
नेविसंघबाट सेती क्याम्पसबाट अस्मिता सिंह खापरदेवे क्याम्पसबाट सर्मीला खत्री र सुनकुडा क्याम्पसबाट योगेन्द्र मल्ल सभापतिमा उम्मेदवार रहनु भएको छ । भने सुनकडा क्याम्पसमा अखिल क्रान्तिकारी, एमाले र (एस) निकट अनेरास्ववियुको गठबन्धनले अनेरास्ववियूका दिलिप अधिकार सभापतिको उम्मेदवार रहनु भएको छ ।
सुदूरपश्चिमविश्वविद्यालय मातहत रहेको जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा चैत ८ गते स्ववियु निर्वाचन हुनेछ । अन्य त्रिभुवन विश्वास विद्यालय मातहत रहेका ३ क्याम्पसमा नेविसंघले सभापतिमा उम्मेदवारी दर्ता गराएको हो । यी क्याम्पसमा स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।
त्रिभुवन विश्वविध्यालय अन्तर्गत सातवटा क्याम्पस रहेको बझाङ जिल्लामा बुंगल नगरपालिकाको बिजगडामा रहेको त्रिवेणी आदर्श क्याम्पस विजगडामा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।
क्याम्पसले एक सूचना जारीगर्दै क्याम्पसमा स्ववियु निर्वाचन गर्ने वातावरण नभएकाले अर्को सहमति नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको निर्वाचन अधिकृत डम्मरबहादुर कार्कीले बताए ।
क्याम्पसले मनोमानी सर्वदलिय बैठेकको निर्णयविना नामावलीउपर दावीविरोधको निवेदनलाई समेत मतलव नगरी आफ्नो ढंगले विद्यार्थी संगठनको सहमतीविरुद्ध नामावली प्रकाशन गरेको भन्दै स्ववियु निर्वाचनमा भाग लिनका लागि दर्ता गरिएका चार वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै विहिबार क्याम्पसमा ताला लगाएका थिए ।
उनीहरुले आफ्ना मागहरु पुरा नभए क्याम्पसको ताला नखोल्ने र थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।