१९ आश्विन २०८१, शनिबार
बुङ्गलमा लैङ्गिक मैत्री स्वास्थ्य सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
उत्तमकुमार थापा– बझाङ
बुङगल नगरपालिकाकाे वडा नम्बर ९ मा लैङ्गकिमैत्री स्वास्थ्य सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाकाे बुङगल नगरपालिका वया नम्बर ९ मा समान व्यावहार (EVE) परियाेजना अन्तरर्गत रहेको लैङ्गकिमैन्त्री सेवा प्रवाह सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच देउलीकाेटमा यु.एम.एन. बझाङकाे सहयाेगमा दलित सहयाेग समाज आयाेजक रहनुभएकाे थियाे । सञ्चालन भएको कार्यक्रमका अध्यक्ष वडा नम्बर ९ का अध्यक्ष हरिस सिँहकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि समान व्यावहार परियाेजना कार्यक्रम व्यावस्थापक माधुरी वि क विशिष्ट अतिथिमा दलित सहयाेग समाजका कार्यकारी निर्देशक सुनिल नेपाली सहित पत्रकार स्वास्थ्यकर्मी स्वास्थ्य स्वयमसेवीकाहरुकाे उपस्थिति रहकाु थियाे ।
परियाेजनाका बिषयमा दफित सहयाेग समाज समान व्यावहार परियाेजना सँयाेजक भिम रसाइलीले – लैङ्गकिमैत्री सम्वन्धी स्वास्थ सेवा प्रवाहका लागि स्वास्थ्य स्वयमसेवीका र स्वास्थ्यका कर्मचारीहरुले स्वास्थ्यमा सेवा लिन आउदा कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा जानकारीका लागि कार्यक्रम राखिएको बताए । स्वास्थ्यमा सेवा लिन आउने किशोर किशोरीहरुकाे सेवाका लागि कसरी सेवा दिन सकिन्छ भन्ने,बालविवाहलाई कसरी राेक्न सकिन्छ भन्ने शन्दर्भ सहित लैङ्गकि हिँशालाई राेक्न छलफल कार्यक्रम गरिएको भिम रसाइलीले बताउनु भयाे ।
छलफल कार्यक्रममा देउलीकाेट स्वास्थ्य प्रमुख माधव प्रशाद जाेशीले दलित सहयाेग समाज कार्यक्रम र साझेदारी सँघ सस्थाले धेरै राम्रो काम गरेको बताउदै,सेवा लिन आउने किशोर किशोरी खुलेर बाेल्न नसक्ने र परियाेजनाले गाउँघरमा ल्याएकाे सचेतना र परिवर्तनले पहिला भन्दा धेरै सरल भएको उनको भनाइ थियाे । आगामी दिनमा परियाेजनाले समाजरुपान्तर गरेको तर जति यताको जनसमुदायमा दिएकाे याेग्दान अझै नपुगेको हाे कि भन्ने आफुलाई महसुस भएको र तपाईं हामी सबै मिलेर अगाडि बढ्नु पर्ने भन्दै सल्लाह सुझाव दिनु भयाे । उनले फेरी भने,समाजकाे लागि आएको सस्थाले महिनावारी भएको महिला अहिले घरमै रहने गरेकाे र पहिला भन्दा धेरै परिवर्तन भएको दावी गर्नु भयाे ।
परिवर्तनका लागि समाज रुपान्तरणमा ठुलाे भुमिका खेलिरहेकाे दलित सहयाेग समाजका कार्यकारी निर्देशक नेपालीले सस्थाले खेल्नु पर्ने भुमिकामा कहिँ कतै नचुक्ने र बुङगलकाे समृद्धि बिकास र समाजमा देखन परेका समस्या विकृति बिसङ्गतिलाई हटाउने ठुलाे भुमिका खेलेको भन्दै समाजमा चेतना अगाडि बढेकाेमा आफू ढुक्क भएको भन्दै स्वास्थ्य सेवा लिन आउने जनसमुदायले कसरी स्वास्थ्य मार्फत पनि सचेत पार्न सकिन्छ यसमा प्रभावकारी भुमिका खेल्न स्वास्थ्यका कर्मचारी सँग गहन छलफल गरिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका यु.एम.एन व्यावहार परियाेजना कार्यक्रम व्यावस्थापकले,महिला पुरुषमा भेदभाव नहुनु पर्ने भन्दै हिँशामा परेका महिलाहरुलाई सेवा कसरी दिनु हुन्छ भन्ने विषयमा छलफल गराउनु भएको थियाे । परियाेजनाले गर्दा दिदीबहिनी मात्र नभएर पुरुषहरु पनि धेरै सचेत भएको बताए । पुरानो समयमा धेरै घटनाहरु घट्ने गरेको भएता पनि अहिले समाज परिवर्तन भएकाे भन्दै स्वास्थ्यकर्मीहरुले परियाेजनालाई धन्यवाद दिनु भयाे । यसै विच वडा अध्यक्ष सिँहले वडामा यस्तो नराम्रो हिँशा अहिलेसम्म नभएको आगामी दिनमा यस्ता घट्ना नहुन दिन वडा कार्यालय र सस्थाहरु विच कसरी जान सकिन्छ भन्ने विषयमा गहन छलफल गर्दै अगाडि बढ्नुपर्ने बताए ।