बित्थडचिर गाउँपालिका ४ द्वारा शैक्षिक सामाग्री वितरण

सेयर गरौं

बझाङको वित्थडचिर गाउँपालिकामा टुहुरा असहाय अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

वित्थडचिर गाउँपालिका वडा नम्बर ४ ले वडा भित्रका टुहुरा असहाय अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

वडाभित्रका १७ जना बालबालिकालाई झोला कापीकलम ,औंजार बक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको वडा सचिव उमेश राज जोशीले बताउनुभयो ।

वडाका टुहुरा असहाय अतिविपन्न बालबालिकाको शैक्षिक स्तरमा अभिवृद्धि गर्न र उनीहरूलाई प्रोत्साहनका गर्नका लागि उक्त शैक्षिक सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

सोमबार एक औपचारि कार्यक्रमकाविच उक्त शैक्षिक सामाग्री वितरण गरिएको थियोे । शैक्षिक सामाग्री वितरण कार्यक्रम वडाध्यक्ष कलक बहादुर बोहराको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा वडा सदस्यहरू निवर्तमान गाउँपालिका प्रवक्ता हर्कबहादुर धामी लगायत अभिभावकको उपस्थिति रहेको थियोे ।

आर्थिक वर्ष २०८९- २०८० को टुहुरा तथा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण शिर्षकमा छुट्याइएको कार्यक्रममार्फत उक्त शैक्षिक सामाग्री वितरण गरिएको वडा सचिव जोशीले बताउनुभयो ।

Picsart 23 03 13 17 09 01 176
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212