१९ आश्विन २०८१, शनिबार
जन्मोत्सवको अवसरमा धामीद्वारा असहाय टुहुरा र एकललाई भोजदान स्वरुप रकम वितरण
बझाङको केदारस्युँ गाउँपालिका ९ का अतिविपन्न असहाय टुहुरा र एकल महिलालाई आफ्नो जन्मोत्सवको अवसरमा भोजदान स्वरुप रकम वितरण गरिएको छ ।
दुर्गाथलि गाउँपालिका वडा नम्बर ३ बिनाडा घर भइहाल भारतको कर्नाटक राज्यको म्याङ्लोरमा महेन्द्र मनी ट्रान्सफर सञ्चालन गर्दै आउनु भएका प्रिन्स महेन्द्र बहादुर धामीले जन्मोत्सवको उपलक्ष्यमा अतिविपन्न असहाय टुहुरा र एकल महिलालाई भोजदान स्वरुप रकम वितरण गर्नु भएको हो ।
रोजगारीको सिलसिलामा भारतमा बस्दै आउनु भएका धामीले आफू २६ वर्ष पार गरि २७ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म्याङ्लोरबाट भोजदान स्वरुप पठाएको ६ हजार रुपैयाँ मंगलबार आज वडा कार्यालयमा एक कार्यक्रमकावीच वडाध्यक्ष नन्दलाल बोहराले अतिविपन्न असहाय टुहुरा र एकल महिला गरि ६ जनालाई प्रतिव्यक्ति एक हजारकादरले उक्त रकम वितरण गर्नु भएको छ।
उक्त रकम वितरण गर्नका लागि वडामा रहेका अतिविपन्न असहाय टुहुरा र एक महिलाहरू झोतामा रहेको जिलिङ्क मोनि ट्रान्सफरका सञ्चालक भागरथी कुमारी चन्दले छनोट गरेर सहयोग गर्नुभएको थियोे ।