१९ आश्विन २०८१, शनिबार
थलारा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैंठक सम्पन्न
बझाङको थलारा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैंठक सम्पन्न भएको छ ।
थलारा गाउँपालिका सहयोग र सुआहारा सामाजिक तथा प्राविधिक विकास सेवा समुहको सहजीकरणमा बैंठक सम्पन्न भएको हो ।
पलिकामा पोषण तथा खाद्यमा सुधार ल्याउनका लागि बैंठकको आयोजना गरिएको बताइएको छ ।
थ्लारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले पालिकाको पोषणको अवस्था वारेमा चर्चा गर्नुभएको थियो । साथै उहाँले पोषणको महत्व र सुधार गर्नुपर्ने वारेमा समेत बताउँनु भएको थियो ।
बहुक्षेत्रिय पोषण कार्यक्रमको बिषयमा सामाजिक तथा प्राबिधिक सेवा समुहका पोषण सहजकर्ता दुर्गादत्त जोशीले जानकारी गराउनु भएको थियो । सहजीकरण सुआहाराका कार्यक्रम संयोजक रमबरान जोशी र टिम लिडर कृष्ण प्रसाद जोशीले गर्नु भएको थियो ।
त्यस्तै थलाराका बहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता इन्द्र बहादुर कडायतले पालिकामा लागु भएका कार्यक्रम अहिले सम्म कति सम्पन्न भएर कति बाँकी रहेका छन् यृसबारेमा जानकारी गराउनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा भएको उक्त बैंठकमा पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित विषयगत शाखा प्रमुखकार्यपालिका सदस्यहरु वडाध्यक्षको उपस्थिति रहेको थियो