सुर्मा गाउँपालिकाका एक युवक मृत अबस्थामा फेला

सेयर गरौं

बझाङको सुर्मा गाउँपालिकाका एक युवक मृत अबस्थामा फेला परेका छन्। सुर्मा गाउँपालिका वडा नम्बर- २ पटुरीका अन्दाजी  १८ वर्षीया किसन बोहरा मृत फेला परेका हुन्।

मंगलबार दिउँसो सोही गाउँपालिका–१ दौलिचौरतर्फ घुम्न जान्छु भनि घरबाट निस्केका बोहरा रातीसम्म घर फर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। 

मानसिक अवस्था असन्तुलित भएका बोहोरा खोजी गर्ने क्रममा वडा नम्बर २ कै पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेको जिल्ला  प्रहरी कार्यलय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Default image
थलारा खबर
Articles: 66