झोतामा बालमैत्री विद्यालय क्रियाकलापमा आधारित सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सुरु

सेयर गरौं

बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा बालमैत्री विद्यालय क्रियाकलापमा आधारित सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सुरु भएको छ ।

युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाको आयोजनामा ५ दिने सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सुरु भएको हो।

परियोजना लागू भएको थलारा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई बालमैत्री विद्यालय बालकेन्द्रित सिकाइ प्रक्रियाको स्रोत सिकाइ शिक्षक तयार गरि विद्यालयको गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उदेश्यले सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक राजेन्द्र खड्काले बताउनुभएको छ ।

तालिममा थलारा गाउँपालिकाका २० वटा सामुदायिक विद्यालयका २० जना शिक्षक र परियोजनाका कर्मचारी गरि २५ जनाको सहभागिता रहेको छ ।

तालिमको प्रशिक्षक पवन अधिकारीले प्रशिक्षण गरिरहनु भएको छ । तालिम चैत ७ गतेसम्म चल्ने भएको छ ।

थलारा गाउँपालिकाका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्ने लक्ष्य र लक्षित विद्यालयका बालबालिकाहरूलाई सुधार र समावेशी शिक्षा बाताबरण बनाउने उदेश्य बोकेर परियोजनाले पालिकामा विभिन्न शिक्षा सँग लक्ष्यित कार्यक्रम तालिम सञ्चालन गर्दै आएको छ ।

👇️कार्यक्रम बारे गरिएको कुराकानी 👇️

https://youtu.be/-jmiglaodrQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212