थलारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा महेश जेठारा , सचिवमा शर्मा

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा रहेको थलारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा अनेरास्ववियुका महेश जेठारा निर्वाचित हुनु भएको छ ।
त्रिभुवन विश्वविद्यालय मातहत रहेको थलारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्रत विद्यार्थी युनियन (स्ववियु ) निर्वाचनमा आफ्ना प्रतिस्पर्धी वीरेन्द्र साउँदलाई ४ मतान्तरले हराउँदै जेठारा सभापतिमा निर्वाचित हुनु भएको हो ।
नेविसंघ र अखिल क्रान्तिकारीको गठबन्धनले ६६ मत प्राप्त गर्दा अनेरास्ववियुले ७० मत पाएर सभापतिमा जेठारा निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा नेविसंघका दिपेश जोशी ( दिनेश शर्मा ) निर्वाचित हुनुभएको छ । अनेरास्ववियु सचिव पदका उम्मेदवार लोकेश खड्कालाई ४६ मतान्तरले हराउँदै जोशी निर्वाचित हुनुभएको हो । खड्काले ४८ र जोशीले ८८ मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी सविना गिरी ६८ मत प्राप्त गरेको निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी नेविसंघकि विन्दु उपाध्यायले ६६ मत पाइन् ।

त्यस्तै प्रत्यक्ष सदस्य तर्फ अनेरास्ववियुकि भुवनेश्वरी भट्टराई ६६ मत, अखिल क्रान्तिकारीकि सम्झना सार्की ६६ मत, र नेविसंघकि पार्वती जोशी ५९ मत प्राप्ति गरि निर्वाचित हुनु भएको छ । समानुपातिकबाट नेविसंघका २ अनेरास्ववियुका २ र अखिल क्रान्तिकारीबाट एक सदस्य निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212