आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको सार्वजनिक सुुनुवाइ

सेयर गरौं


जगदीश रोकाया बझाङ ५ चैत्र


बझाङको विकट उत्तरी क्षेत्रमा रहेको साइपाल गाँउपालिकाको अन्तीम गाँउ धुलीमा समृद्धि इनर्जी लिमिटेड काठमाण्डौ द्धारा र्निमाण गरिन लागेको बझाङ माथिल्लो सेती जलविधुत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको सार्वजनिक सुुनुुवाइ कार्यक्रम सम्पन्न भएको छ । समृद्धि ईनर्जी लिमिटेडले शनिवार आयोजना गरेको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा आयोजनाको परिचय लक्ष्य उदेश्य आयोजनाको विस्तृत विवरण सहित वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन प्रस्तुुत गरि सरोकारवाला संग छलफल विचार विमर्श गरिएको थियो ।
कार्यक्रममा स्थानियहरुले यस्तो विकट दुुर्गम ठाँउमा पहिलो पटक समृद्धि इनर्जी लिमिटेडले जलविधुत आयोजना संचालन गर्दा धेरै खुुशी लागेको भन्दै आयोजना संचालकहरु लाइ बधाइ तथा स्वागत गरेका थिए । सार्वजनिक सुुनुुवाइ कार्यक्रममा स्थानियहरुले यो आयोजनाले विकट साइपाल गाँउपालीको समृद्धि विकास र जनताको जिवनस्तर सुुधार हुुने अपेक्षा गर्दै आयोजना छिटो संचालन गर्नु पर्ने , स्थानियहरु लाइ रोजगार शिप विकासका तालीम दिनुु पर्ने , घरबास जग्गा जमिनको सकेसम्म कमक्षेती हुुने काम गर्नु पर्ने , क्षेती भएकाहरुको आवस्यक क्षेतिपुुर्ती दिनुु पर्ने र सडक र्निमाणमा पहल गरि दिनुु पर्ने सुुधाबहरु दिएका थिए ।
वडा नम्वर ४ धुुलीका कार्यवहाक वडा अध्यक्ष डबल रोकायाको अध्यक्षतामा धुुलीको विद्यालयमा गरिएको वातावरणीय प्रभाव मुुल्याड्कनको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा गाँउपालीका अध्यक्ष मान बहादुुर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे लगात सुुरक्षा निकायका प्रमुख सहित सवै वडा अध्यक्ष अन्य जनप्रतिनिधि शिक्षक बुद्धिजिवि समाजसेवी र सर्वसाधारणहरुके बाक्लो सहभागिता रहेको आयोजनाका ईन्जिनियर सुुदिप देवकोटाले जानकारी दिनुु भयो ।
तिव्वतको सिमाना संग जोडिएको जिल्लाको सवै भन्दा दुुर्गम विकट साइपाल गाँउपालीकामा समृद्धि ईनर्जी लिमिटेडले सेती नदीमा २ सय १६ मेगावाट क्षमताको बझाड माथिल्लो सेती जलविधुत आयोजना प्रस्ताव गरेको छ । सुुरुको चरणमा अहिले आयोजनाले वातावरण प्रभाव मुल्याङकनको मस्यौदा माथी सार्वजनिक सुुनुुवाइ साथै पानीको सुुरुङ मार्गको लागी माटो ढुुङ्गा परिक्षण साथै अन्य प्रारारम्भीक कामको सुुरुवात भइ रहेको पनि इन्जिनियर देवकोटाले जानकारी दिनुु भयो । कार्यक्रममा आयोजनाका बिश्वनाथ कडेल , सुुदिव देवकोटा , विनय तिमिल्सेना सन्दीव बुुढाथोकीलेले जलविधुुत आयोजनाको सवै बारेमा जानकारी दिएका थिए ।
योजना स्थलमा भएको पहिलो आयोजनाको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा पालीकाका जनप्रतिनधि साथै सुुरक्षा निकायका प्रमुखहरु लाइ सदरमुकाम चौपुर बाट हेलीकप्टरमा लिएर कार्यक्रम गरिएको थियो । धुुलीको माथी सेती नदी र इमुलद्धार खोलाको संगम बाट लगभग १ सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ मिटर उचाइको बाँध बाँधी सेती नदीको करिब ३४ घन मिटर प्रति सेकेन्ड पानी लाइ करिब ९ किलो मिटर लामो सुुरुङ्ग मार्ग र झण्गै १८ सय मिटर लामो पेनेस्टल टनेल मार्फत पानी लाइ विधुुत गृहमा राखीने भएको छ । साथै ५ वटा टनेलमा खसाली विधुत उतवपादन गरिने र २ सय ८५ मिटर लामो टेलरसको माधयम वाट सेती नदीमा पुनह पानी खसाली रामुुखोला र सेती नदीको किनारमा विधुतगृह र्निमाण गरिने भएको छ । आयोजनाको लागत करिब ४१ अर्ब रहेको वताएको छ । विधुत र्निमाण कम्पनीले आयोजना स्थलमा यस्तो कार्यक्रम गरेकोमा धेरै राम्रो भएको वताउदै साइपाल गाँउपालीका अध्यक्ष मानविर बोहराले आयोजना संचालनका लागि पालीका बाट साथ सहयोग पुर्ण रहने वताउनुु भयो । आयोजना स्थल र साइपाल गाँउपालीकामा अहिले सम्म सडक संजाल नजोडिएको हुदाँ आयोजना र्निमाण कम्पनीले प्रारम्भीक परिक्षण गर्ने सामाग्री उपकरणहरु पनि हेलीकप्टर मार्फत ढुुवानी गरेको छ । साथै संचार विधुतको पहुँच नभएकाले पनि यस क्षेत्रमा आयोजनाका काम गर्न निकै कठिनाइ रहेको छ । बझाङमा अहिले बुुंगल क्षेत्रमा कालङ्गा हाइड्को काम सम्पन्न हुदैछ भने चैनपुर क्षेत्रमा सेती तेस्रो जलविधुतको काम पनि सुुरुवात हुने प्रकृयामा रहेको छ ।


फोटो समृद्धि इनर्जी लिमिटेडले आयोजना स्थल धुुलीमा गरेको योजनाको सार्वजनिक सुुनुुवाइ ।

dhuli 1 1
0 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346