थलारा गाउँपालिकामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङ – बझाङको थलारा गाउँपालिकामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम थलारा गाउँपालिकाको आयोजना प्रगतिशील युवा समाजको समन्वय र युनाइटेड मिसन टु नेपालको सहयोगमा भएको हो ।

कार्यक्रममा विपद सम्बन्धि शब्दावलीको बारेमा छलफल , विषयगत क्षेत्रहरूको पहिचान र पालिकामा विपदको इतिहास लगायतका विषयमाथि छलफल गरिएको थियोे ।
विपदबाट हुने क्षती कम गर्ने , समुदायमा पूर्वतयारीका कामहरु गर्ने , विपदमा परेका व्यक्ति तथा समुदायलाई तत्काल राहत तथा उद्धारका कामहरू गर्न, र थप स्रोत साधनको खोजी गर्न कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

थलारा गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि ७ वटा क्षेत्र पहिचान गरिएको छ । त्यस्तै विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि बाढी र पहिरोको जोखिम क्षेत्रको पहिचान गरिएको छ, भने पालिकामा विगत १० वर्षको विभिन्न समयमा विपदबाट भएको क्षतिको विवरण ९ वटै वडाका वडा विपद ब्यवस्थापन समितिले चैत ८ गतेभित्र पालिकामा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कार्यक्रमको सहजीकरण इइआरसी का आभाष पौडेल र पुरन्जन सापकोटाले गर्नु भएको थियो । भने कार्यक्रमको उदेश्य बारेमा विपद जोखिम ब्यवस्थापन परियोजना अधिकृत अनिता अधिकारीले जानकारी गराउनु भएको हो । कार्यक्रम संचालन पालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले गर्नु भएको थियोे ।

कार्यक्रममा अतिथिमा प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित सबै वडाका वडाध्यक्ष रहनु भएको थियो । त्यस्तै कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख सुरक्षाकर्मी, विपद जोखिम ब्यवस्थापन परियोजनाका कर्मचारी लगायतको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212