महिला सुरक्षित आवास गृहलाई लुगाकपडा हस्तान्तरण

सेयर गरौं

बझाङ — बझाङको सदरमुकाम चैनपुरमा रहेको महिला सुरक्षित आवास गृहलाई लुगाकपडा हस्तान्तरण गरिएको छ । युनाइटेड मिसन टु नेपाल ,एमडिटी र दलित सहयोग समाजको साझेदारीमा संचालित मानसिक स्वास्थ्य परियोजना अन्तर्गत मंगलबार महिला सुरक्षित आवास गृह चैनपुरलाई लुगकपडा हस्तान्तरण गरिएको हो ।

लुगा कपडामा कुर्ति सेट १५ जोड , ज्याकेट ५ सेट , बच्चाका हुट ५ जोड , म्याक्सी १० जोड, ट्राउजर ५ जोड , कच्चाको टोपी १० जोड , बच्चाको भेष्ट टाउजर ८ जोड, र महिलाको स्विटर १० जोड हस्तान्तरण गरिएको छ ।
दलित सहयोग समाजले महिला सुरक्षित आवास गृहमा सेवा लिन आउनुहुने महिलाहरुलाई आवश्यक पर्ने ४९ हजार रुपैया बराबरको उक्त लुगा कपडा सहयोग गरेको मानसिक स्वास्थ्य परियोजना संयोजक बिस्ना बम सिंहले बताउनुभएको छ ।

लुगाकपडा हस्तान्तरण कार्यक्रम जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहको अध्यक्षतामा भएको थियोे ।
प्रमुख अथिती जिल्ला समन्वय प्रमुख नरबहादुर बोहरा र
अथिती जयपृथ्वी नगरपालिका वडा नम्बर १,५,११ का वडाध्यक्ष रहनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212