झोतामा बालमैत्री विद्यालय क्रियाकलापमा आधारित सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सम्पन्न

सेयर गरौं


बझाङ–
बझाङको केदारस्युँ गाउँपालिका-९ झोतामा बालमैत्री विद्यालय क्रियाकलापमा आधारित सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम सम्पन्न भएको छ ।

युनाइटेड मिसन टु नेपालको र प्रगतिशील युवा समाजको साझेदारीमा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाको आयोजनामा ५ दिने सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिम मंगलबार सम्पन्न भएको हो।

क्रियाकलापमा आधारित सिकाई परियोजना लागू भएको थलारा गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई बालमैत्री विद्यालय बालकेन्द्रित सिकाइ प्रक्रियाको स्रोत सिकाइ शिक्षक तयार गरि विद्यालयको गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उदेश्यले सिकाइ स्रोत शिक्षक प्रशिक्षक प्रशिक्षण कार्यशाला तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक राजेन्द्र खड्काले बताउनुभएको छ ।

तालिम समापन चक्रेश्वर माध्यमिक विद्यालयका शिक्षिका शान्ति गिरीको अध्यक्षतामा भएको थियोे । अतिथि थलारा गाउँपालिका सह शिक्षा संयोजक राइभान ओली , युएमएन थिमेटिक लिङ शिक्षा डाक्टर गायत्री तिमिल्सिना , तालिम प्रशिक्षक पवन अधिकारी , युएमएनका शिक्षा परियोजना व्यवस्थापक पाण्डप रसाइली लगायत रहनु भएको थियोे

तालिममा थलारा गाउँपालिकाका २० वटा विद्यालयका २० जना शिक्षक र परियोजनाका कर्मचारी गरि २५ जना सहभागि रहनु भएको थियोे ।

तालिममा समापनमा बोल्दै थिमेटिक लिङ शिक्षा डाक्टर तिमिल्सिनाले सिकेका कुराहरू ब्यवहारमा लागू गर्नुपर्ने बताए उनलेे भने पहिलाको जस्तो कक्षा कोठामा प्रवेश गर्दा लौरो बोकेर जाने विद्यार्थी तर्साउने प्रवृत्तिले शिक्षामा सुधार नपाउने भएकोले शिक्षा दिने परिपाटीमै सुधार गरि समयानुसार शिक्षा दिनुपर्छ । सहभागी शिक्षकले तालिममा सिकेको सीप विद्यालयका सहकर्मी साथीहरूलाई सिकाउँदा शैक्षिकक्षेत्रमा सुधार हुनेछ । उनले संस्थाले दिएको तालिमको नाम राख्न सहभागीलाई अनुरोध गरिन् । साथै विद्यालयको शैक्षिक स्तर कमजोर भनी विद्यालय छोड्ने प्रवृत्ति बढिरहेका बेला उनलेे उक्त तालिममा सिकेअनुसार विद्यार्थीलाई शिक्षा दिए विद्यालय खोज्दै विद्यार्थी आउने समेत उनको भनाइ थियोे ।

सहभागी शिक्षकहरूले शैक्षिक स्तरमा सुधार नहुनुको प्रमुख कारण पहिलोकै शिक्षा दिने शैली भएको बताए । उनलीहरुले भने शैक्षिक स्तरमा सुधार ल्याउनका लागि त समयअनुसारको शिक्षा प्रदान गर्नसक्नु रहेछ । अहिलेको समय मैले पढाउँछु विद्यार्थी पढ्छन् भन्ने भन्दा पनि मैले सहयोग गर्छु विद्यार्थीले सिक्छन् भन्ने समय आएको र समयअनुसार चले मात्रै शैक्षिक स्तरमा सुधार हुन्छ भन्ने कुराहरू तालिममा सिकेको समेत बताए । तालिमले २१ औं शताब्दीमा पाउनुपर्ने शिक्षा प्रदान गर्नमा सहयोग पुर्‍याएको उनीहरूले भनाइ थियोे । शिक्षा पढाएर मात्रै नभइ, विद्यार्थीलाई क्रियाकलापबाट बढि सिकाउन दिन सकिन्छ भन्ने कुराहरू सिकेको र सोही अनुसार शिक्षा दिने सहभागीहरूले प्रतिबद्धता गर्नु भएको थियोे ।
समापन तालिका अध्यक्ष शिक्षिका गिरीले शिक्षकले आफ्नो काम कर्तव्य भुल्न नहुने बताए । उनलेे बोलीमा मात्रै सिमित हुने प्रवृत्ति भएकोले तालिममा सिकेको सीपको सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।

तालिममा प्रशिक्षक पवन अधिकारीले प्रशिक्षण गर्नुभएको थियोे ।

क्रियाकलापमा आधारित सिकाई परियोजनाले थलारा गाउँपालिकाका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्ने लक्ष्यका साथै लक्षित विद्यालयका बालबालिकाहरूलाई सुधार र समावेशी शिक्षा बाताबरण बनाउने, घर विद्यालय र समुदायका बालबालिकाहरूको अवस्था सुधार सँगै सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि शिक्षा सरोकारवालाहरूको जवाफदेहितामा सुधार ल्याउनका लागि काम गर्दै आएको परियोजना संयोजक खड्काले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212