२२ जेष्ठ २०८०, सोमबार

मुुअब्जाको कुरा टुुङ्गो लाग्यो, योजनाको काम अगाडी बढ्ने
जगदीश रोकाया- बझाङ ९ चैत्र
आयोजना स्थलमा उपयोग र क्षेती हुने जमिनको मुुअब्जाको कुरा नमिल्दा सेती नदी ३ जलविद्युत आयोजनाको काम अगाडी बढ्ने वा नबढ्ने भन्ने बारे अन्यौल भएको बेला दुुवै पक्ष विच विहिवार सहमती हुदाँ अब यो आयोजनाको काम अगाडी बढ्ने भएको छ ।
सदरमुकाम चैनपुरमा आयोजना संचालन गर्ने टिमका कर्मचारी प्रभावित क्षेत्रका अगुवा र प्रमुख जिल्ला अधिकारी सहित मुुअब्जा र्निधारण समितिका पदाधिकारी सहितको बैठक बसेर मुुअब्जाको बारे टुुग्गो लागेपछि आयोजनाको काम अगाडी बढ्ने भएको आयोजनाका कर्मचारी विमल खड्काले जानकारी दिनुु भयो ।
उहाँका अनुुसार ८७ मेगावाट क्षमताको यो जलविद्युत आयोजनाको वातावरण प्रभाव मुल्याड्कनको सार्वजनिक सुुनुुवाइको काम सकिएपछि जग्गा जमीनको मुुअव्जा दिने कुरामा प्रभावित क्षेत्रका जनता र हाम्रो विच कुरा नमिलेको हुदाँ केहि दिन यो आयोजना अन्यौलमा परको थियो तर अहिले दुवै पक्ष सहमत भएपछि आयोजनाको काम अब अगाडी बढ्ने छ ।
आयोजनाको लागी उपयोग र क्षेती हुने जमिनको दुवै पक्ष विच सहमती हुदाँ खेत जमिनको अब्बल प्रतिरोपनी २५ लाख दोयम खेतको २२ लाख सिम खेतको १९ लाख र चाहार खेतको १६ लाख मुुअव्जा दिने लिने सहमत भएको छ । यसका साथै पाखो जमिनको प्रतिरोपनी अब्बल १९ लाख दोयम १६ लाख ५० हजार सिम १४ लाख ४० हजार र चाहारको ११ लाख ५० हजार मुुअव्जा दिने सहमत भएपछि यो आयोजनाको अन्यौल हटेर अब काम अगाडी बड्ने भएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले र्निमाण गर्ने भएको यो आयोजना बझाड सदरमुकाम चैनपुर नजिकै पानकोट नजिकै बाँध र्निमाण गरि गोलाइमा पोखरी र्निमाण गरि ४ किलो मिटर सुु?ङ मार्फत सुुतीयामा भुुमीगत विधुुत गृह र्निमाण हुने भएको छ । यो आयोजनाका लागी १९ अर्ब लगानी हुने वताएको छ । जमिनको मुुअव्जा दिनेकाम सकिएपछि आयोजनाको अन्यकाम अगाडी बड्ने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले वताउनुु भयो ।
