२७ आश्विन २०८१, आईतवार
थलारामा विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न
बझाङको थलारा गाउँपालिकाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपलिका विपद ब्यवस्थापन समितिको आयोजनामा युनाइटेड मिसन टु नेपाल , प्रगतिशिल युवा समाजको सहयोग र इइआरसी (EERC) को प्राविधिक सहजीकरणमा भएको उक्त कार्यक्रम पालिकाको सहभाहलमा आइतबार सम्पन्न भएको हो ।
थलारा गाउँपालिकाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि संकलन गरिएको तथ्यांकका आधारमा तयार गरिएको मस्यौदा प्रतिवेदनका विषयवस्तुमाथि कार्यक्रममा छलफल गरिएको थियोे ।
त्यस्तै विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामाथि छलफलका क्रममा आएका छुटपुट तथ्यांक र सरोकारवालाबाट आएका सुझाव सल्लाह समावेश गरि मस्यौदा प्रतिवेदनलाई अन्तिम रुपदिन छलफल कार्यक्रमको आयोजना गरिएको थियोे ।
छलफल कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको थियोे । अतिथिमा उपाध्यक्ष रामबहादुर खाती , प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित सबै वडाका वडाध्यक्ष , कार्यक्रम प्रशिक्षक आभाष पौडेल, पुरन्जन सापकोटा लगायत रहनु भएको थियोे ।
कार्यक्रम संचालन प्रगतिशिल युवा समाज विपद ब्यवस्थापन परियोजनाका फिल्ड सुपरभाइजर पदम बिष्टले गर्नु भएको थियोे ।