२४ माघ २०८१, बिहीबार

बैतडीमा भीरबाट लडेर एक जनाको ज्यान गयो
बैतडीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्लाको पाटन नगरपालिका- ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भीरबाट लडेर ज्यान गएको हो ।
आइतबार दिउंसो १ बजे वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भीरबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1