२५ मंसिर २०८१, मंगलवार
भवन पुनःनिर्माणका लागि थलारा माध्यमिक विद्यालयद्वारा आर्थिक सहयोगको अपिल , पहिलो दिनमै ४ लाखबढी रकम संकलन
बझाङ — बझाङको थलारा गाउँपालिका-५ खोलीमा रहेको थलारा माध्यमिक विद्यालयले भवन पुनःनिर्माणका निम्ति आर्थिक सहयोगका लागि अपिल गरेको छ ।
सोमबार बसेको विद्यालय ब्यवस्थापन समिति , शिक्षक अभिभावक संघ कार्यसमिति र शिक्षक कर्मचारीहरूको संयुक्त बैठकले विद्यालयका निम्ति आर्थिक सहयोगका लागि अपिल गरेको हो ।
२०७९/०७/ २२ गतेदेखि पटकपटक गरेको भुकम्पले विद्यालयका भवनहरू क्षतविच्छेद भइ पठपाठनमा समेत बाधा हुनेभएपछि आर्थिक सहयोगका निम्ति अपिल गरिएको बताइएको छ ।
भुकम्पका कारण विद्यालयका भवन क्षतविच्छेद हुँदा जोखिमपूर्ण भवनहरू पुनःनिर्माण गर्नका लागि आवश्यक आर्थिक स्रोत जुटाउन जनप्रतिनिधि , समाजसेवी , शिक्षक कर्मचारी, शिक्षा प्रेमी, ब्यापारी , अभिभावकहरूमा अपिल गर्ने विद्यालय ब्यवस्थापन समितिले निर्णय गरेको थियोे। सोही निर्णयबमोजिम विद्यालय ब्यवस्थापन समिति अध्यक्षलगायत पदाधिकारी , शिक्षक अभिभावक संघ , शिक्षक कर्मचारी , जनप्रतिनिधि लगायत अन्य समाजसेवी गरि ४३ जनाबाट पहिलो दिन सोमबार आर्थिक सहयोग स्वरुप चन्दा रकम ४ लाख ६८ हजार ८ सय संकलन भएको विद्यालयले जनाएको छ ।
त्यस्तै आर्थिक सहयोग चन्दादानका लागि आम थलाराबासीमा अपिल गरिएको छ । आर्थिक वर्ष २०८० को शैक्षिकसत्रमै कक्षा संचालन हुने गरि निर्माण गर्नका लागि आफ्नो स्वेच्छिक दान रकम विद्यालयको नाममा रहेको कुमारी बैंकको खाता नम्बर १८४०१०१२७३३००००१ (1840101273300001) मा जम्मा गरिदिन अपिल गरिएको छ ।
सोमबार आर्थिक सहयोग चन्दा दिनेको नामावली सहित, दिइएको रकम