२४ कार्तिक २०८२, आईतवार

केदारस्युँमा नेकपा एमालेको ग्रास रुट अभियान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
पवन बोहरा बझाङ
बझाङको केदारस्युँ गाउँपालिकामा नेकपा एमालेको ग्रास रूट अभियान तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
नेकपा एमाले केदारस्युँ गाउँ कमिटि अध्यक्ष लाेकेश भण्डारीकाे अध्यक्षतामा उक्त कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अथिति नेकपा एमाले प्रदेश पुर्व मन्त्री प्रकाश बहादुर शाहा रहनु भएकाे थियाे । बिशिष्ठ अथितिमा प्रदेश कमिटि सदस्य दिल बहादुर भण्डारी अथितिमा प्रदेश कमिटि सदस्य गाेरख भण्डारी रहनु भयाे थियाे । कार्यक्रममा प्रदेश कमिटि सदस्य,जिल्ला कमिटि सदस्य,पालिका कमिटि सदस्य,वडा कमिटि सदस्य र पार्टीप्रति आस्थावान करिब २०० जनाकाे उपस्थिति रहेकाे थियाे ।
साथै साेहि कार्यक्रममा प्रशान्त भण्डारीकाे अध्यक्षतामा युवा संघ नेपाल पालिका स्तरिय कमिटि गठन गरिएकाे छ । उक्त राष्ट्रिय युवा संघ नेपाल पालिका स्तरिय कमिटिमा कृष्णा बोहराकाे अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय युवा संघ नेपाल पालिका स्तरिय कमिटि गठन गरिएकाे ललित रावलले जानकारी दिए ।



