बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको ज्यान गयो

सेयर गरौं

बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको ज्यान गएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ६ भूमीराज मुडेलीका लोकेन्द्र साउँदको भीरबाट लडेर ज्यान गएको स्थानीय विजय साउँदले बताए । 

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झण्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै ज्यान गएको बताइएको छ । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
5
संवाददाता
संवाददाता
Articles: 1245