७ चैत्र २०८१, शुक्रबार

बझाङकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिता बान्नीमा सुरु
बझाङ – बझाङमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला बान्निकी चैतलीको अवसरमा आयोजना गरिएको क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
बान्नीकी चैतली मेला ब्यवस्थापन समितिले आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिता आज बिहीबारदेखि सुरु भएको हो ।
बान्नी चैतली मेला छबिसपाथिभेरा गाउँपालिका ३ बान्नीमा लाग्ने गर्दछ ।
प्रतियोगिता छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ बान्नीचौरको मैदानमा खेल भइरहेको छ।
प्रतियोगितामा जिल्लाभरका २६ टिमको सहभागीता रहेको बझाङ क्रिकेट संघ सचिव सुरेन्द्र सिंहले बताए ।
पहिलो खेल दैपाणी कृषक समुह मौतै र सुन्दर डाडा भुमि सुधार युवा क्लब छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर २ मुम्ला बिच भइरहेको छ ।
खेलको उद्घाटन गाउँपालिका उपाध्यक्ष लछिमन बोहरा र बान्नीकी चैतली मेेला ब्यवस्थापन संयोजक श्यामबहादुर सिंहले गर्नु भएको थियो ।
उपाध्यक्ष बोहराले ब्याटिङ र संयोजक सिंहले बलिङ गर्दै खेल उद्घाटन गरिएको हो
क्रिकेट प्रतियोगीतमा विजेता टिम १ लाख ६ सय २० प्राप्त गर्नेछ । उपविजेताले ५० हजार ६ सय २० र म्यान अफ द सिरिजलाई ५ हजार छबिस कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्रिकेट संयोजक झलक बोहराले जानकारी दिएका छन् ।
खेलको उद्घाटन गरिए पनि कार्यक्रमको उद्घाटन २१ गते हुनेछ ।
