स्थानिय पाठ्यक्रमलाई अन्तिम रुप दिदै थलारा गाउँ पालिका

सेयर गरौं

बझाङको थलारा गाउँ पालिकाले स्थानिय पाठ्यक्रम निर्माण गरि रहेको छ ।स्थानीय पाठ्यक्रम तयारगरी अनिवार्य रुपमा लागू गर्नुपर्ने प्राबधान अनुसार पालिकाले स्थानीय पाठ्यक्रम तयार गरिरहेको हो । स्थानीय पाठ्यक्रम निर्माणकार्य अन्तिम चरणमा पुगेको थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

स्थानिय आवश्यकता र स्थानीय विषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम तयार पारि शैक्षिकसत्र २०८० वाट कक्षा १ देखि ८ सम्म पठनपाठन गराईने शिक्षा संयोजक हर्क बहादुर रोकायाले जानकारी दिनु भएको छ ।

पाठ्यक्रम तयार गर्न पालिकाले पालिका भित्रका शिक्षाबिदको मस्यौदा समिति गठन गरेको थियो ।मस्यौदा समितिले पाठ्यक्रमको मस्यौदा तयार गरि सकेको र त्यसको अन्तिम रुपदिन छलफल भैरहेको सहायक संयोजक राईभान ओलीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270