शिक्षक सेवा आयोग पास गरि थलारा आएका नयाँ शिक्षकले बुझे पदस्थापना पत्र ।

सेयर गरौं

शिक्षक सेवा आयोग पास गरि थलारा गाउँ पालिका आएका १३ जना शिक्षकले आज पालिकाबाट पद स्थापना पत्र बुझेकाछन ।
थलारा गाउँ पालिका शिक्षा शाखाले एक कार्यक्रम गरि नयाँ शिक्षकलाई सम्मान सहित पदस्थापना पत्र दिएको हो ।
नब नियुक्त शिक्षकलाई पदस्थापना पत्र हस्तान्तरण गर्दै उपाध्यक्ष राम बहादुर खातीले गाउँ पालिकाको शैक्षिक गुणस्तर एकदमै खस्केको छ भन्दै त्यसलाई उकास्न मेहनत गर्न सुझाब सहित कार्यकालको शुभकामना दिनु भयो ।
त्यस्तै थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले गाउँ पालिकामा १३ जना नयाँ शिक्षक आउनु खुसीको कुरा भएको बताउदै शिक्षकले पठन पाठनसंगै शिक्षा क्षेत्रमा रहेका कम्जोरी अध्ययन गरि सुधारका लागि सुझावको अपेक्षा गरेको धारणा ब्यक्त गर्नु भयो ।
नब आगन्तुक शिक्षकलाई सम्बोधन गर्नुहुँदैन शिक्षा संयोजक हर्क बहादुर रोकायाले शिक्षक सेवा आय‍ोग पास गर्नु भन्दा बिधालयमा पढाउने कार्य चुनौतीपूर्ण छ भन्दै मेहनत गर्न सुझाव दिनु भयो ।
कार्यक्रमको सञ्चालन शिक्षा सहायक संय‍ोजक राईभान ओलीले गर्नु भएको थियोे ।
शिक्षा सेवा पास गरेर थलारा गाउँ पालिका आएका १३ जनामा राधिका कुमारी मिश्र भवानी मा बि, जनकराज पण्डे भवानी मा वि, तेज प्रकाश धामी शान्ति मा वि, नवराज रोकाया खप्तड प्रा वि, लोकेन्द्र कुमार रावल करविर प्रा वि, मंगल बहादुर खड्का भूवनेश्वरी प्रा वि, शुरेश बहादुर रावल करविर प्रा वि, सुनिता कुमारी रोकाया थापा कालिका प्रा वि पिपलकोट, शंकर बिष्ट शारदा मा वि दंगाजी, नरेन्द्र देब ओझा खापरदेव प्रा वि बगाडा, राधिका कुमारी जोशी उपाध्याय शैलेश्वरी आधारभूत बिधालय देवस्थली, गायत्री कुमारी भण्डारी पूर्णचन्द्रोदय मा वि कुलाकाट्ने र शारदा कुमारी थापा दुर्गा भवानी आधारभूत बिधालय सर्तोलमा पठाएका छन् ।
पदस्थापना पत्र बुझ्दै नव नियुक्त शिक्षक हरुले आफ्नो नयाँ उर्जा थलाराको शैक्षिक गुणस्तर उकास्नमा खर्चने र ईमानदार भएर पेशामा संलग्न रहने प्रतिबद्धता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 270