२ फाल्गुन २०८१, शुक्रबार

दुर्गाथलिको चौधारीमा भलिबल प्रतियोगिता सम्पन्न , उपाधि के.पी सर्भिसिङलाई
बझाङ
बझाङको दुर्गाथलि गाउँपालिकामा लाग्ने चौधारी मेलाको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
गतिशील विकास युवा क्लबको आयोजना र दुर्गाथलि गाउँपालिकाको सहयोगमा शनिबारदेखि चौधारीमा सुरु भएको वडा स्तरीय खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा के.पी सर्भिसिङ छबिसपाथिभेरा गाउँपालिका १भाँडे प्रथम भएको छ। आयोजक गतिशील विकास युवा क्लब दुर्गाथलि गाउँपालिका- १ लाई हराउँदै के.पी सर्भिसिङ प्रथम भएको हो भने केपी संग हारव्यहोरेको आयोजक टिम द्वितीय भएको छ । त्यस्तै प्रतियोगितामा तृतिय जनप्रिय माध्यमिक विद्यालय छबिसपाथिभेरा गाउँपालिका-१ बगडगाउँ भएको छ ।
प्रतियोगीतमा प्रथम भएको के.पी सर्भिसिङले नगद ३० हजारसहित कप, मेडल र प्रमाणपत्र, द्वितीय आयोजकले २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, भने तृतीय जनप्रिय माध्यमिक विद्यालय बगडगाउँले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
त्यस्तै उत्कृष्ट र अनुशासित खेलाडीलाई पनि पुरस्कृत गरिएको थियोे ।भने अम्पायर राष्ट्रिय भलिबल नरबहादुर बुढा र दिनेश थापालाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको आयोजक कमिटीले जनाएको छ ।
भलिबल प्रतियोगिता समापन कार्यक्रम क्लबका अध्यक्ष निशान खातीको अध्यक्षतामा भएको थियोे भने प्रमुख अतिथि दुर्गाथलि गाउँपालिका- १ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अम्मराज धामी रहनु भएको थियोे। त्यस्तै विशिष्ठ अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य महेश प्रसाद जोशी, बझाङदिप क्याम्पस झोता स्वभियु सभापति कमल थापा रहनु भएको थियोे । भने कार्यक्रमको सञ्चालन आकाश खातीले गर्नुभएको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियोे ।
समापन कार्यक्रमका केही तस्बिरहरू


