बझाङको बित्थडचिरमा प्रथम कमल स्मृति भलिबल तथा डेउडा प्रतियोगिता सुरु

सेयर गरौं



बझाङ – बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा डेउडा प्रतियोगिताको सुरु भएको छ । नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा डेउडा प्रतियोगिता मंगलबार देउलेखमा उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन एमालेका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री प्रकाशबहादुर शाहले गरेको हुन । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि शाहले खेलाडी राष्ट्रका गहना भएको बताउनुभयो । उनले खेलाडी अनुशासित हुने भन्दै सबैले सिक्नुपर्ने बताउनुभएको थियोे ।
यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले स्वर्गीय कमल बोहराको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको नाम अक्षय कोष स्थापना गर्नुपर्ने बताउनुभएको थियोे । साथै एमालेले सञ्चालन गरेको ग्रास रुट अभियानले सार्थकता पाइरहेको बताइएको थियोे ।
नेकपा एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीले खेलकुद तथा डेउडा प्रतियोगिताले स्थानीय कला संस्कृतिको जगेर्ना हुने बताउनुभएको हो । यस्तै नेकपा एमालेले युवाहरूका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा एमाले बित्थडचिर गाउँपालिका अध्यक्ष दिपेन्द्र बोहराले स्थानीय कला संस्कृतिको संरक्षण तथा खेलकुदको विकासको लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभएको छ ।
उनले देवेश्वरी माध्यमिक विद्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा आयोजित प्रतियोगिताले निरन्तरता पाउने र अक्षय कोष समेत स्थापना गरिने बताए ।
प्रतियोगिताको विजेताले ३१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत हुनेछन ।खेल देवेश्वरी मावि देउलेखको खेलमैदानमा भइरहेको छ ।
यस्तै `स्थानीय कला र संस्कृति, संरक्षण गरौं हटाएर विकृति´ शीर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत भइरहेको छ ।
डेउडा प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलिले ५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताउनुभएको छ ।
एमालेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन सदरमुकाम चैनपुर गएका कमल बोहराको गत चैत २८ गते नदीमा डुबेर मृत्यु भएको थियो । एमाले बझाङले आयोजना गरेको आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता थिए।

received 954732525659314
received 1867349373644264
received 3052433291716991
received 705689508227283
received 1297400054526230
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
2
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311