३ फाल्गुन २०८१, शनिबार

जिल्ला प्रशासन कार्यालय बझाङले बिदाको दिनमा पनि सेवा दिने
जिल्ला प्रशासन कार्यालय बझाङले बिदाको दिनमा पनि सेवा दिने भएको छ । सेवाग्राहीको सहजताका लागि सार्वजनिक बिदा परेको दिनमा पनि जिल्ला प्रशासन कार्यालयले २०८० सालदेखि सेवा दिने भएको हो ।
नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको माग धेरै हुने भएकाले सेवाग्राहीको सहजताका लागि कार्यालयले बिदाको दिनमा पनि सेवा दिने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै उभौली पर्व – चण्डी पूर्णिमा,वैशाख पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना ,क्रिसमस डे ,योमरी पुन्हज्यापू दिवस ,(धान्य पूर्णिमा ) तमु ल्होसार, माघी पर्व/माघे संक्रान्ती, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार , ईद (इद उल फित्र) बकर इद (इद उल अजहा ) गाईजात्रा , इन्द्रजात्रा , मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा , घोडेजात्रा,गणतन्त्र दिवस , जनयुद्ध दिवस ,राष्ट्रिय प्रजातन्त्र दिवस , अन्तर्राष्ट्रिय महिला दिवस ,बुद्धजयन्ती र पृथ्वीजयन्ती लगायतका सार्वजनिक बिदाका दिन पनि सेवा दिइने भएको छ । आवश्यक कागजात सहित सेवा लिन कार्यालय आउनेलाई छिटो सेवाको सुनिश्चितता गर्नु आफ्नो उद्देश्य रहेको पमुख जिल्ला अधिकारी पाण्डेयले बताउनु भयो ।

सार्वजनिक सूचना