बैतडीमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु

सेयर गरौं

बैतडीमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका-२ मा बालुवा खानीमा पुरिएर एक जनाको घटना स्थलमै र अर्काको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्युु भएको हो ।
मंगलबार साँझ ७ बजेको समयमा सिगास गाउँपालिका २ को धौलाडीमा रहेको बल्लीजोड नजिकैको बालुवा खानीबाट बालुवा निकाल्ने क्रममा  माथिबाट खसेको ढिस्कोले पुरिएर सोही वडाकी ३३ वर्षीय राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।  भने बालुवा खानीमा पुरिएर घाइते भएका ६२ वर्षीय सालिभान सिंह धामीको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ।
ढिस्कोमा पुरिएर घाइते भएका क्रमान सिंह धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
बालुवा निकाल्न गएका अन्य ३ जना सकुसल रहेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
थलारा खबर
थलारा खबर
Articles: 72