२७ आश्विन २०८१, आईतवार
बैतडीमा जीप दुर्घटना हुँदा बझाङका ६ जनाको मृत्युु
बैतडीमा जीप दुर्घटना हुँदा बझाङका ६ जनाको मृत्युु भएको छ ।
झुलाघाटबाट बझाङको केदारस्यु गाउँपालिकाको बागथलातर्फ आइरहेको से १ ज ७६४ नम्बरको जीप मंगलबार राति करिव ११ बजे
खोडपे, बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका- ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा बझाङको एकै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु हो ।
बझाङको केदारस्युँ गाउँपालिका- ५ का एकै गाउँका ६ जनाको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका- ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् । जिप सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । चालक फरार गहेका छन ।
भारतबाट रोजगारी गरेर बिसु मनाउनका लागि घर फर्केकाहरु जिप दुर्घटनामा परेको बताएको छ ।